एसईई पूरक परीक्षाका लागी बैतडीमा पाँच परिक्षा केन्द्र



विनोद सिंह विष्ट, बैतडी ।

बुधवारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा(एसईई )पूरक अर्थात ग्रेड बृद्धी परीक्षाका लागी बैतडीमा ५ वटा परिक्षाकेन्द्र निर्धारण गरिएको छ । विरेन्द्र माध्यमिक विद्यालय शाहिलेक, निङ्गलाशैनी माध्यमिक विद्यालय देहिमाडौं, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, जगदम्बा मावि रानिबुङ्गा र दशरथचन्द माध्यमिक विद्यालय सुन्दरखाली गरी ५ वटा परिक्षा केन्द्र निर्धारण गरिएका शिक्षा विकास तथा समन्वय इकाई, बैतडीका विद्यालय निरीक्षक दशरथ भट्टले बताए ।

७५००१ देखी १५ सम्म कोड नम्बर भएका विद्यालयका विद्यार्थीहरुले विरेन्द्र मावि शाहिलेकमा प्राविधिक धार र पूरक तर्फका सबै विद्यार्थीहरुको लागी परीक्षा केन्द्र तोकिएको छ ।

७५००१६ देखी ३६ सम्म कोड नम्बर भएका विद्यालयका नियमित तर्फका विद्यार्थीहरुको लागी निङ्गलाशैनी माध्यमिक विद्यालय देहिमाडौं परीक्षा केन्द्र तोकिएको छ भने ७५००३७ देखी ५९ सम्म कोड नम्बर भएका विद्यालयका विद्यार्थीहरुको लागी जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीमा परीक्षा केन्द्र तोकिएको छ ।

यस्तै ७५००६० देखी ८४ सम्म कोड नम्बर भएका विद्यालयका विद्यार्थीहरुको लागी जगदम्बा मावि रानिबुङ्गा परीक्षा केन्द्र तोकीएको छ भने ७५००८५ देखी १२५ सम्म कोडनम्बर भएका विद्यालयका विद्यार्थीहरुको लागी दशरथचन्द माध्यमिक विद्यालय सुन्दरखालीमा परीक्षा केन्द्र तोकीएको छ ।

‘सी’, ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा ‘सी’ वा सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका छन भने त्यस्ता विषयमध्ये विद्यार्थीले चाहेका दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

जिपिए ०.८५ देखि १.२० आएका विद्यार्थीले सिधै कक्षा कक्षा ११ मा भर्ना नभई ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने भएको हो ।
माध्यमिक शिक्षा परिक्षा(एसईई )पूरक अर्थात ग्रेड बृद्धी परीक्षाका यही साउन २३ बुधवारदेखी भदौ २ गते सम्म संञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ । परिक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ । पहिलो दिन साउन २३ गते अनिवार्य अंग्रेजी बिषयको परिक्षा रहेको छ ।

बैतडीमा करिब ३ हजार परिक्षार्थी ग्रेड वृद्धीको लागी परीक्षा दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्