रोल्पामा पहिरोले विद्यालय भवन क्षतिग्रस्त

0
Shares

महेश न्यौपाने, रोल्पा ।
अविरल वर्षासंगै गएको पहिरोमा परि पूर्वी रोल्पाको एक विद्यालयको भौतिक संरचना क्षतिग्रस्त भएको छ । सुनछहरी गाउँपालिका ५ जैमाकसलामा रहेको नमूना मावि कसलाको विद्यालय भवन माथिवाट आएको पहिरोका कारण क्षतिग्रस्त भएको हो ।

विद्यालयको पक्की भवन संरक्षणका लागी लगाइएको पक्की पर्खाल र ग्याविङ तार पहिरो संगै वग्दा विद्यालय भवनमा क्षति पुगेको हो । विद्यालय भवन माथिवाट पहिरो संगै आएको पक्की पर्खाल र ग्याविन तारले पुरिदा ४ वटा कोठा पूर्ण रुपमा क्षतीग्रस्त भएको स्थानीय रेशम पुनले जानकारी दिए ।

पक्की भवनको संरक्षणका लागी लगाएको पक्की पर्खाल र ग्याविन तारले विद्यालय भवन क्षति पु¥यायो पुनले भने । ६० लाखको लागतमा वनेको पक्की भवनको संरक्षणका लागि १० लाखको लागतमा पक्की पर्खाल र ५ लाखको लागतमा ग्याविन जाली लगाइएको थियो ती सवै पहिरो संगै लडेर कच्ची भवनमा क्षती पु¥याए पुनले भने ।

पहिरोका कारण विद्यालयको पक्की भवनमा समेत क्षति पुगेको वताइएको छ । पक्की भवनलाई आड दिन तयार गरिएको पर्खाल पहिरोले वगाउदा भवन समेत क्षतीग्रस्त भएको स्थानीयले जनाएका छन ।

पक्की भवनमा सामान्य क्षती भएको तथा कच्ची भवन पूर्ण रुपले क्षतीग्रस्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्र घर्तीले जानकारी दिए । पहिरोका कारण विद्यालय हाता तथा खेलमैदानमा समेत क्षती पुगेको वताइएको छ ।

वर्षे विदाका कारण विद्यालयमा विद्यार्थी र शिक्षक नभएकाले मानविय क्षति हुन नपाएको वताइएको छ । विद्यालय समयमा पहिरो लडेको भए अकल्पनीय क्षती हुने थियो स्थानीय अभिभावकले प्रतिकृया दिए ।

साविक जैमाकसला गाविसको एक मात्र माध्यमिक विद्यालयको रुपमा रहेको सो विद्यालयमा भएको भौतिक क्षति पश्चात विद्यार्थीलाई कहाँ अध्पापन गराउने भन्ने चिन्ता थपिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

भाद्र ३ गते देखी विद्यालय संचालन हुने भएकाले अस्थायी रुपमा टहरो निर्माण गरि तत्कालका लागि समस्या हल गर्ने विकल्प हुन सक्छ शिक्षक रेशम संगित पुनले भने ।