स्प्राइटको रिफ्रेस र रिचार्ज क्याम्पियनमा साढे ३ लाखको रिचार्ज वितरण

0
Shares

काठमाडौं, (नेस)
स्प्राइटको रिफ्रेस र रिचार्ज क्याम्पियनले बजारमा सनसनी मच्चाएको छ । जुलाई २३ तारिखबाट शुरू भएको यो क्याम्पेनमा पहिलो हप्तामै २८ हजार ५०० भन्दा बढी उपोभोक्तले भाग लिई ३ लाख ५० हजार रुपियाँबराबरको टकटाइम रिचार्ज जितिसकेका छन् ।

यस क्याम्पियनअन्तर्गत उपोभोक्तले १० देखि ५ हजार रुपियाँसम्मको रिचार्ज जित्न सक्नेछन् ।
५ हजार रुपियाँको टकटाइम विजेता गोमा बुढाथोकी आफ्नो खुसियाली शेयर गर्दै भन्नुभयो–‘मैले त्यो दिन २ वटा कोक किनेको थिए र लेबलमा अफरको बारेमा पढे र विश्वास नलागी नलागी लेबलको कोड एसएमएस गरे । मैले धेरैमा धेरै १० वा २० रुपियाँको टक टाइम जितिएला जस्तो लागेको थियो तर भाग्यले मैले ५ हजार रुपियाँको टक टाइम जितेँ ।

शुरुमा त विश्वासै गर्न सकिन र दुईपटक ब्यालेन्स चेक गरेर मात्र कनफर्म भए । म कोकाकोला नेपाललाई यस प्रकारको अफर र अभियान ल्याएकोमा धेरै धन्यबाद दिन चाहन्छु र म सबैलाई यो योजनामा सहभागी हुन प्रोत्साहन गर्दछु ।’

यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एसएमएस गर्नुपर्ने छ । यो योजना भदौ १५ गतेसम्म लागँ हुनेछ । यो अफर बिना स्टक पनि उपलब्ध छ ।

यो योजना ५०० एमएल, १ लिटर, १ दशमलव ५लिटर र २ दशमलव २५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ ।