माछापुच्छ्रे बैंकद्वारा एम्बुलेन्स हस्तान्तरण

0
Shares

काठमाडौं, (नेस)
माछापुच्छ्रे बैंकले भोजपुर कोट सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व एवम् भोजपुर कोट सेवा समाज र कोटबासीको सक्रियतामा खरिद गरिएको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

बैंकका सञ्चालकद्वय जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राई र टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धबकुमार राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।

बैकले ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरलगायत २१ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १०९ स्थानबाट बंैकिङ सुविधा प्रदान गर्दै आएको छ ।