भूमिगत विद्युत् प्रसारणलाइनको काम करिब आधा सकियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत् प्रसारणलाइन निर्माणको काम करिब आधा अर्थात ४८ प्रतिशत सकिएको छ । त्रिशँली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भँमिगत लाइन बनाउनुपर्छ । त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भँमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभँति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाइएको छ । निर्माणका लागि अहिले २ सय ७० श्रमिक परिचालित छन् ।

रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गर्नुभएको थियो ।
‘स्थानीयलाई मिलाउँछौं, गृहमन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छांै, रुख कटानमा रहेको समस्या समाधान गर्छौ, मन्त्री पुनले भन्नुभयो–‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नु पर्छ ।’

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६ सय ८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारणलाइनको रुट केही परिर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर ३ सय ३६ वटा पुगेको छ । रुख कटानका स्वीकृतिका लागि फाइल वन विभागका पुगेको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुनः पेस गर्नु परेको आयोजनाले जनाएको छ । काट्नुपर्ने रुखमा टाँचा लगाइसकिएको छ ।

भँमिगत लाइनका लागि सडक खनिएकाले बर्खाको बेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् ।

प्रसारणलाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशँली ‘ए’ को विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशँली ‘ए’ को निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ । त्यसले पनि प्रसारण लाइन सोही अवधिभित्र बनासक्नु दबाब छ । ४५ किलोमिटर प्रसारणलाइनको १ सय ४० वटा टावरमध्ये १ सय २७ को जग हालिसकिएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो ।

यो प्रसारण लाइन आगामी दिनमा त्रिशँली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत् काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारणलाइन सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलियतपँर्ण ऋणमा बनिरहेको छ ।