हलिवुड कलाकार रुसी सदभाव दुत


मस्के,(एजेन्सी)
रुसी सरकारले अमेरिकी हलिवुड कलाकार स्टेभेन सिगललाई आइतवार संयुक्त राज्य अमेरिकासंग सम्बन्ध सुधार्नका लागि विशेष सदभावना दुत नियुक्त गरेको छ ।

सन् २०१६ रुसको मानार्थ नागरिकता प्राप्त गरेका सिगलले रुसी राष्ट्रपति भ्लदिमिर पुटिनलाई विश्वको महान नेता भन्दै मुक्तकण्ठले तारिफ गरेका थिए । अमेरिकामा जन्मेका तथा मार्श आर्टस स्टारको हैसियतले अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका उनी असी र नब्बे दशकमा निकै हिट रहेको थिए । उनको फिल्म ‘ अनडर सिज ’ ले निकै चर्चा बटुलेको थियो ।

‘ मि टु ’ अभियानको दौरान महिला कलाकारहरु माथि भएके यौन उत्पीडनका लागि हलिवुडका अन्य कलाकारसंगै उनीमाथि पनि आरोप लागेको थियो । तर उनले ति आरोप खण्डन गर्दै आएक छन् ।

रुसी विदेश मन्त्रलायले आफ्नो फेसबुक पेज मार्फत उनलाई दुत नियुक्त गरेको खवर सार्वजनिक गरेको हो । उनले हालै मात्रै रसियामाथि सन् २०१६ मा अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेको भनी लगाइएको आरोपको खण्डन गरेका थिए ।