बैतडीमा पेट्रोल आयात बन्द, कालोबजारी कायमै

0
Shares

विनोद सिंह विष्ट, बैतडी
बैतडीमा रहेको एकमात्र आयल स्टोरले दुई वर्षदेखि पेट्रोल आयात नगर्दा पेट्रोल किन्दा उपभोक्ता चर्को मँल्य तिर्न बाध्य भएका छन्् । साथै पेट्रोलमा कालोबजारीसमेत मौलाउँदै गएको छ । पेट्रोलको सरकारी मँल्य १०४ रुपियाँ लिटर भए पनि उपभोक्ताले १३५ देखि १५० रुपियाँसम्म प्रतिलिटर पेट्रोलका लागि तिरिरहेका छन् ।

सतबाँझमा रहेको जिल्लाको एकमात्र भण्डारी आयल स्टोरले पेट्रोल आयात नगर्दा उपभोक्ताले चर्को मँल्य तिरेर पेट्रोल किन्न बाध्य भएको स्थानीयले बताए ।
पेट्रोल पाइन छोडेपछि उपभोक्ता भारतीय सीमावर्ती बजार झुलाघाट तथा बाहिरी जिल्लाबाट ल्याउन बाध्य भएका छन् ।

दुई वषदेखि उपभोक्ताले चर्को मँल्यमा पेट्रोल किन्नुपरिरहेको दशरथचन्द नगरपालिका– १ का अमरबहादुर टेरले बताउनुभयो । उहाँले भन्नुभयो–‘सधैं महँंगो मँल्यमा पेट्रोल किन्नुपर्ने बाध्यता छ, सम्बन्धित निकाय मौन बसेको छ,’ सतबाँझदेखि गोठलापानीसम्म १६ पसलबाट पेट्रोलको कालोबजारी भइरहेको उहाँको भनाइ छ ।

पेट्रोलमा घाटा हुने, तापक्रम पनि नमिल्ने भएकाले पेट्रोल आयात गर्न नसकिएको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताउनुभयो ।

पेट्रोलमा भइरहेको कालाबजारीका बारेमा आयलस्टोर र उद्योग वाणिज्य संघका पदाधिकारीसंँग छलफल गरेर टुंगोमा पुग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताउनुभयो । उहाँले भन्नुभयो–‘म जिल्लामा हाजिर भएको तीन चार दिनमात्रै भएकाले पेट्रोलको विषयमा छलफल गरिनेछ, ’

पेट्रोलमा भइरहेको कालोबजारीविरुद्ध सतबाँझदेखि गोठलापानीसम्म मोटरसाइकल ¥याली निकालिने नयाँ जीवन समाज नेपालका अध्यक्ष अमरबहादुर टेरले बताउनुभयो । ¥यालीपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने उहाँले बताउनुभयो ।