सडक दुर्घटनमा १८ को मृत्यु


पेशावर ।  पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्यांकर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु भएका छन्  भने २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको बस कोहाट शहर नजिक ट्रकसँग ठोक्किएको थियो । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारी एजाज खानले बताएका छन् । इन्धन बोकेको ट्रकमा भने भाग्यवस आगलागी नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनका विषयमा छानबिन सुरु गरेको छ ।