मनहरीमा हात्तीको आतंक सुरु

0
Shares

हेटौंडा,(नेस) ।
मनहरीका दुई वडामा हात्तीको आतंक सुरु भएको छ । मनहरीका दुई वटा वडाका बस्तीमा केही दिन यता जंगली हात्तीको आतंक बढेको हो ।

शुक्रबार राति रमौलीका टेकबहादुर बिष्टको घर तथा घरको पाली हात्तीले भत्काएको थियो । शनिबार प्रतापपुरका रामबहादुर चेपाङको घर भत्काएर घरमा भएको मकै सखाप पारेको बताइएको छ ।

गाउँपलिका–६ को प्रतापपुर र ७ को रमौलीमा हात्ती आतंक बढेको हो । स्थानीयको घरगोठमा थन्काइएको अन्नपात हात्तीले घरगोठ नै भत्काएर खान थालेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट राप्ती खोला पार गदै ३ वटा हात्ती रमौली प्रतापपुर बस्ती प्रवेश गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ । बस्तीमा दिनदिनै हात्तीले दुःख दिएको स्थानीयले दुःखेसो पोखेका छन् ।