हेलिकोप्टर दुर्घटना


मस्को, (एजेन्सी)
रुसको सुदूरपूर्वी साइबेयरयाको क्रासनायरास्कमा शनिबार एक एमआई ८ हेलिकोप्टर दुर्घटनामा त्यसमा सवार सबै १८ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा १५ यात्री र ३ चालक दलका सदस्य रहको रुसी समाचार एजेन्सी तासले जनाएको छ।
हेलिकोप्टर इगारका नामको स्थानबाट उडान भरेको एक प्रहरी अधिकारीले जानकारी दिए। हेलिकोप्टर टेकअफ भएको केही समयपछि विमानस्थलबाट करिब २ किलोमिटरको दूरीमा दुर्घटनागस्त भएको हो। हेलिकोप्टर साइबेरियाको स्थानीय समयअनुसार बिहान १० बजेर २० मिनेट जाँदा दुर्घटनागस्त भएको क्रासनायरास्कका विपत्ति व्यवस्थापन सेवासँग आबद्ध अधिकारीले जानकारी दिए।
उक्त हेलिकोप्टर अर्को हेलिकोप्टरमा झुन्ड्याइएको सामानमा ठोक्किन पुग्दा दुर्घटनामा परेको उनीहरूले बताए। दुर्घटनास्थलमा उद्धार तथा राहतकर्मी पुगिसकेको बताइएको छ।