मयुरधाप औद्योगिक क्षेत्रका लागि आशयपत्र माग

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडा उपमहानगरपालिका–१३ र १४ मा अवस्थित सरकारद्वारा घोषणा गरिएको मयुरधाप औद्योगिक क्षेत्रभित्र केकस्ता उद्योग स्थापना गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्बन्धित उद्योग÷उद्यमीबाट आशयपत्र माग गरिएको छ ।

मयुरधाप औद्योगिक क्षेत्रमा आफँले गर्न चाहने उद्योगको विवरण एवम् उक्त स्थानमा केकस्ता उद्योग प्रवद्र्धन गर्न सकिन्छ भन्ने आशयपत्र तोकिएको ढाँचामा समयभित्र बुझाउन सम्बन्धितका लागि सूचना प्रकाशन गरिएको हो ।

हाल हेटौंडासहित १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । सरकारले ५ वर्षभित्र १७ औद्योगिक क्षेत्र बनाउने भएको हो ।

सातै प्रदेशमा उद्योग विकास गर्ने उद्धेश्यले थप औद्योगिक क्षेत्र बनाउने तयारी सरकारले गरेको हो । उद्योग मन्त्रालयले तयार पारेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुसार ५ वर्ष अवधिमा प्रदेश नम्बर–३ मा २ वटा औद्योगिक क्षेत्र निर्माण गरिनेछ ।

५ वर्षमा हेटौंडाको मयुरधापमा औद्योगिक क्षेत्र सञ्चालनमा आइसक्नेछ । हेटौंडाको अध्ययन प्रतिवेदन तयार भइसकेको छ । वातावरण प्रभाव मँल्यांकन तयार गरी निजी क्षेत्रसमेतको सहभागितामा पँर्वाधारसहित औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएको छ ।

पँर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा १६ नम्बर वडा र दक्षिणमा उत्तरपानी पर्ने चार किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो ।

राजमार्गसँग जोड्न सडक पु¥याउन समस्या नहुने र बिजुली पनि सहजढंगले पु¥याउन सकिने भएकाले औद्योगिक क्षेत्र स्थापना गर्न उपयुक्त थलो रहेको हो । अनुत्पादक जग्गा उपयोगमा आउने र औद्योगिक क्षेत्रलाई आवश्यक पँर्वाधार उक्त स्थानमा निर्माण गर्न सहज छ ।

हेटौंडा औद्योगिक क्षेत्रनजिक रहेकाले पनि उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न सहज भएको हो ।
हेटौंडा औद्योगिक क्षेत्रनजिक २ सय १० बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो । मयुरधापमा स्थापना हुने औद्योगिक क्षेत्रले हेटौंडाको महत्व अझ बढाउने मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष÷महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले बताउनुभयो ।

सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक÷एक ठँला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको हो । नयाँ औद्योगिक क्षेत्र स्थापनापछि करिब ३० हजारले रोजगारी पाउने बताइएको छ । ‘औद्योगिकीकरणबिना मुलुक समृद्ध हुन सक्दैन,’ न्यौपानेले भन्नुभयो–औद्योगिक क्षेत्रको विस्तार नै औद्योगिकीकरणको सुरुवात हो । सरकारले हेटौंडा कपडा उद्योगको जमिनमा पनि नयाँ औद्योगिक क्षेत्र विस्तार गरेको छ ।’

‘औद्योगिक गतिविधिका माध्यमबाट स्थानीयस्तरमा सन्तुलित आर्थिक विकास गर्ने तथा स्थानीय स्रोत, साधन र सीपलाई उद्योगधन्दातर्फ प्रवाहित गर्न सकिन्छ,’ केन्द्रीय सदस्य न्यौपानेले उद्योगमा सरकारले बिजुली, पानी, मोटरबाटो, शौचालय, बाल गृहजस्ता अत्यावश्यक सेवा सहुलियतरुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

औद्योगिक क्षेत्रका उद्योगको रेखदेख, नियन्त्रण र मर्मतसम्भारको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लिएको छ । सबै क्षेत्रमा समानुपातिकरुपमा औद्योगिक क्षेत्र विकासले रोजगारी वृद्धि गर्ने, उत्पादन बढाउने र देशलाई औद्योगिकीकरणको दिशातर्फ लैजाने तयारीसाथ हेटौंडामा नयाँ औद्योगिक क्षेत्र स्थापना थालिएको औद्योगिक क्षेत्र व्यवस्थापन महाप्रबन्धक नन्दकिशोर बस्नेत बताउनुहुन्छ ।