एनसेल प्रालिले ‘फुच्चे प्याक’ ल्यायो

0
Shares

काठमाडौं, (नेस)

एनसेल प्रालिले डेटा सेवाअन्तर्गत ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याकअन्तर्गत कर बाहेक मात्र ५ रुपियाँ (करसहित रु ६.३८) मा २५ एमबी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।

फुच्चे डेटा प्याक आइतबार (साउन २० गते) देखि लागँ हुने कम्पनीले जनाएको छ । यस डेटा प्याकअन्तर्गतको २५ एमबी डेटा ग्राहकले एनसेलको कुनै पनि नेटवर्क टुजी, थ्रिजी तथा फोरजीमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो म्यासेज बक्समा ५ (अंगे्रजी अंक पाँच) टाइप गरी १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिनदेखि ९० दिनको लागि मान्य रहनेछ ।

सानो भोलुमको डेटा प्याक चलाउन चाहने ग्राहकका लागि मात्र ५ रुपियाँमा डेटा प्याक ल्याउन पाउँ दानिकै हर्षित भएको एनसेलले जनाएको छ । साथै यस डेटा प्याकले ग्राहकलाई थप मँल्य प्रदान गर्दै आफ्नो साथीभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन मद्दत पु¥याउने कम्पनीले विश्वास लिईएको छ ।

एनसेलले ग्राहकको मागअनुरुप सही, दामी तथा राम्रो डेटा प्याकअन्तर्गत विभिन्न भोलुमको डेटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुरुप एक दिने, तीन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्दछन् ।