११९ उत्पादनविरुद्ध मुद्दा

0
Shares

हेटौंडा,(नेस)
क्षेत्रीय खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले खाद्यपदार्थमा प्रतिकँल देखिएका एक सय १९ उत्पादनविरुद्ध मुद्दा दर्ता गरेको छ ।

मध्यमाञ्चलका नांै जिल्लामा बजार अनुगमनका क्रममा खाद्यपदार्थमा प्रतिकँल देखिएका व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालयले तेस्रो चौमासिक समीक्षा तथा वार्षिक समीक्षा गोष्ठीका अवसरमा यसबारे जानकारी दिएको हो ।

एक वर्ष अवधिमा सबभन्दा बढी मकवानपुर, त्यसपछि बारामा बढी मुद्दा परेको कार्यालय प्रमुख राजकुमार रिजालले बताउनुभयो । सबैभन्दा बढी तेल तथा घिउजन्य पदार्थमा ३४ वटा मुद्दा परेका छन् ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले खाद्यप्रविधि क्षेत्रमा पर्याप्त जनशक्ति र प्रविधि नहुँदा उपभोक्ता अधिकार पँर्णरुपमा कार्यान्वयन नभएको बताउनुभयो ।