आयातकर्ताबाट निर्यातकर्ता बन्न आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र र सरकार मिलेर आर्थिक समृद्धिको नयाँ परिभाषा दिने र नेपालको परिचय बदल्नुपर्ने समय आएको बताउनुभएको छ ।

उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिको लागि निजी क्षेत्र एक मुख्य खम्बा रहेको भन्दै अब काम गरेर देखाउनुपर्ने बेला आएको बताउनुभएको हो ।

मुलुकको आन्तरिक उत्पादनमा जोड दिई आयातकर्ताबाट निर्यातकर्ता, गरीब नेपालबाट सम्पन्न नेपालमा, पिछडिएको नेपालबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नका लागि निजी क्ष्ँेत्रलाई सहयोग गर्न आग्रहसमेत गर्नुभयो । नेपालले हाल कायम राखेको पुरानो परिचय बदल्न उद्यमी व्यवसायीले योजना ल्याएमा सरकारले त्यसमा पँर्णरुपमा साथ दिनेसमेत उहाँको भनाइ छ।

उद्योगको स्थापना तथा सञ्चालनका लागि चाहिनेजति सहुलियत दिन सरकारले कन्जुस्याईं नगर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीको सरकारले दोहोरो, तेहोरो कर नलिने पनि प्रस्ट पार्नुभयो । अहिलेको बढ्दो वैदेशिक व्यापारघाटालाई सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो–‘हामी आर्थिक परिर्वतन त भनिरहेका छौं । तर, त्यो बाटो समात्न सकिरहेका छैनौं । सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्छ ।’ अहिले देशलाई स्थिरता चाहिएको तथा जनताले स्थिरताको अपेक्षा गरेको र स्थिरताका लागि गतिशील सरकारको अपेक्षा राखेको उहाँको भनाइ छ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने समेत बताउनुभएको छ । नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न भारत पठाउने तयारी सरकारले गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

नेपालमा केही दिनपछि हुन लागेको बिमस्टेक सम्मेलनमा सहभागी हुन आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘बिमस्टेकमा आउन लाग्नु भएका राष्ट्र प्रमुखहरुसँग सामँहिकरुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्नेछौं । जसबाट नेपालमा लगानीको थप आधार तय हुनेछ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

 

 

 

मेन न्युज

 

मेन न्युज फाटो सहित