नेपाल समाचारपत्र, ललितपुर
नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा गोल्डेन डायमण्ड ज्वेलरीको सहयोगमा यही शुक्रबार र शनिबार पत्रकारिता तालिम आयोजना गरियो । व्यावसायिक उत्तरदायित्वको सिद्धान्तअनुरुप पत्रकारिता तालिमका लागि सहयोग गर्ने ज्वेलेरीस“गको सम्झौताअनुरुप सो तालिम आयोजना गरिएको थियो ।
ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर सुनचा“दी व्यवसायी संघका पदाधिकारीहरुको उपस्थितिमा शनिबार भएको तालिमको समापनमा उद्यमी व्यवसायीहरुले सो कार्यलाई सामाजिक उत्तदायित्वको सिद्धान्तको नौलो प्रयोगका रुपमा अथ्र्याए ।
तालिमका सहभागीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रमुख महर्जनले स्थानीय तहलाई जवाफदेही पत्रकारिताको दक्षता अभिवृद्धि गर्न स्थानीय तह, निजी क्षेत्र र सञ्चारकर्मीहरु सहकार्य गरेर अघि बढ्नुपर्ने खा“चो औल्याउनुभयो ।
समारोहमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले एउटा व्यावसायिक संस्थाले पत्रकारिता तालिमको सहयोग गर्नु व्यावसायिक सामाजिक उत्तदायीत्वको सिद्धान्तमा नया“ अभ्यास रहेको धारणा राख्दै सो कार्य सबैका लागि अनुकरणीय रहेको धारणा राख्नुभयो ।
समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले मुलुकको समावेशी विकास र समृद्धिका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यावसायिक संस्थाले पत्रकारिता विकासको लागि सहयोग गरेको कार्य व्यावसायिक समाजिक उत्तदायीत्वको सिद्धान्तमा नया“ अभ्यास रहेको धारणा राख्नुभयो । सो कार्यलाई समग्र निजी क्षेत्रले प्रेरणा लिने पनि संघको अध्यक्ष महर्जनको विश्वास छ ।
नेपाल सुनचा“दी व्यवसायी महासंघका उपाध्यक्ष समेत रहनुभएका गोल्डेन डायमण्ड ज्वेलरीका अध्यक्ष ज्ञानुराज शाक्यले सही र तथ्य परक सूचना प्रवाह गरेर समाजलाई विकास गर्ने क्षमता पत्रकारिता पेशामा रहेकोले दक्ष पत्रकार उत्पादन गर्न र समावेशी पत्रकारितालाई टेवा पु¥याउन सकियोस् भनेर तालिमका लागि सहयोग गरेको बताउनुभयो ।
दबूका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष सुरजवीर बज्राचार्य, महासचिव सुनील महर्जन लगायतले नेपाली पत्रकारितालाई समावेशी बनाउन समाजका सबै पक्षको भूमिका रहेको बताउनुभयो । तालिमको पहिलो दिन वरिष्ठ पत्रकार धर्मेन्द्र झा, नेपाल टेलिभिजनका गजुरधन राई, इमेज न्यूज एफएमका सुरजवीर बज्राचार्यले प्रशिक्षण दिनुभएको थियो । शनिबार पत्रकारद्वय केपी ढुंगाना र युवराज गौतमले प्रशिक्षण दिनुभयो ।
पत्रकार दबुका उपाध्यक्ष्ँ सुरजवीर बज्राचार्यको संयोजकत्वमा भएको सो तालिममा ४० जनाको सहभागिता रहेको छ ।











प्रतिक्रिया