तीन महिलासहित ३९ जनाद्वारा रक्तदान

0
Shares

नेपाल समाचारपत्र, नेपालगन्ज
नेपालगन्जबाट प्रकाशित हुंदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आयोजनामा र आर्शीवाद पेन्ट्स प्रा. लि, नेपालगन्जको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रममा ३ जना महिला सहित ३९ जनाले रक्तदान गरेका छन् । जनमत अद्र्ध साप्ताहिक पत्रिकाले हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

रक्तदाताहरुलाई आशीर्वाद पेन्ट्स प्रा.लि. का सञ्चालक सुनिल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, उत्कृष्ट महिला रक्तदाता सरिता ज्ञवाली, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, नेपाल स्वयंसेवी रक्तदाता समाज बा“केकी अध्यक्ष पदमा बस्नेत, अन्तरालका कार्यकारी प्रमुख जय नारायण शाह, लगायतले प्रशंसा पत्र तथा टिसर्ट वितरण गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बा“के शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, सोम प्रकाश सापकोटा, गुन्जा कनौजिया, केशर बहादुर डा“गी, रविन्द्र कुमार मिश्रले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।