नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक आकासे फोहरा धारा जीर्णोद्धारपछि सञ्चालनमा ल्याइएको छ ।
राणाकालमा श्री ३ जंगबहादुर राणाको बेलायत भ्रमणपश्चात् निर्माण भएको आकासे धारा पुनर्संञ्चालनमा ल्याइएको हो । काठमाडौंबाट भीमफेदी हँुदै चितवनको सौराहा अवलोकनमा रात्रि बसोबासका लागि तत्कालीन अवस्थामा फोहरा बनाइएको थियो ।
फोहरा बंगलानजिक मनोरमस्थलका रुपमा परिचित आकासे फोहरा धारा पूर्णरुपमा जीर्ण भएपछि संरचनालाई गाउँपालिकाले २० लाख बजेट उपलब्ध गराएको थियो । यसबाट धाराको स्वरुप बदलिएको हो ।
विक्रम सम्वत् १८६४ मा ऐतिहासिक फोहरा धारा निर्माण भएको थियो । राणाकालीन अवस्थाको बनाउन नसकिए पनि त्यस्तै झल्को दिने गरी फोहरा फुट्ने गरी पानी चल्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो ।
आकासे धारालाई पुरानै स्वरुप दिन नसके पनि पुरानो सम्झनालाई जीवन्त राख्ने कार्य गरिएको आकासे फोहरा धारा पार्क निर्माण समिति अध्यक्ष मेघराज लामा बताउनुहुन्छ । भीमफेदी–६ का अध्यक्ष सीताराम थापाले ऐतिहासिक फोहरा धारा पार्कलाई नेपालको दोस्रो पुस्तकालय ज्योति पुस्तकालयलाई स्मरण गराउँदै पार्कभित्र सूचना पार्क बनाउन दुई लाख बिनियोजन भएको बताउनुभयो ।











प्रतिक्रिया