ललितपुरको दुर्गम भेगमा स्तनपान सप्ताह

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
संरक्षण तथा विकास संस्था (सिडिओ नेपाल) ले जिल्लाको दक्षिणी क्षेत्रको दुर्गम भेगमा स्तनपान सप्ताह कार्यक्रम संचालन गरेको छ । विश्वभर विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइरहेको बेला सिडिओ नेपालले पनि जिल्लाको दुर्गम भेगमा सप्ताह संचालन गरेको हो ।

संस्थाले जिल्लाको कोन्ज्योसोम र महाँकाल गाउँपालिकाको २÷२ वडामा यस्तो कार्यक्रम गएको बुधबारदेखि संचालन भएको छ । कोन्ज्योसोमको शंखु र नल्लु, महाँकाल गाउँपालिकाको मानिखेल र ठूलादुर्लुङमा आउने मंगलबारसम्म स्तनपान सप्ताह संचालन हुने सिडिओ नेपालकी कार्यक्रम संयोजक राममाया तामाङले बताउनुभयो ।

स्तनपानको महत्व, फाईदा, बेफाइदा, स्तनपान गराउने विधि लगायतका जानकारीहरु यस दौरानमा दिइरहेको उहाँले बताउनुभयो । उहाँले बताउनुभयो–‘६ महिनासम्म शिशुलाई आवश्यक पौष्टिक तत्वहरु आमाको दुधबाट नै प्राप्त हुने हुनाले ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्ने, स्तनपान गराउँदाको आसन, तरिका र कति पटक स्तनपान गराउने भन्ने जानकारी दिईरहेका छौँ ।’

बच्चाले चाहेको समयमा दिनमा ८ देखि १० पटक स्तनपान गराउनु राम्रो मानिने स्वास्थ्यकमी बताउँछन् । शिशु जन्मेको १ घण्टा भित्र नै आमाको बिगौती दुध खुवाउँदा बच्चा स्वास्थ हुने स्वास्थ्यकर्मीहरु सुझाउँछन् ।

जिल्लाको दक्षिणी भेगमा तामाङ समुदायमा शिक्षाको कमि, सँस्कारको प्रभावका कारण कायम रहेको अन्धविश्वासका कारणले सानै उमेरमा विवाह गर्ने, सानै उमेरमा छिटो छिटो बच्चा जन्माउने गरेको कैयौँ उदाहरणहरु भेटौँना सकिन्छ । जसले गर्दा बच्चालाई आमाको दूध अपुग हुने, आमाले शिशुलाई सहि तरिकाले स्तनपान गर्न नजान्ने समस्याले बच्चा कुपोषणको शिकार बन्ने, झाडापखाला, निमोनिया हुनुका साथै मानासिक तथा शारीरिक रुपमा अस्वास्थ्य हुने गर्दछ ।

यसै कार्यक्रम मार्फत सिडिओ नेपालले यस भेगमा स्तनपान गराउने आमालाई पारिवारिक सहयोग गनुपर्ने, ६ महिनादेखि २ वर्षसम्म बच्चालाई निरन्तर स्तनपान सगैं हरेक बार खाना चार मिलाएर खुवाउनु पर्ने स्तनपान गराउँदा शिशु र आमालाई मात्र फाईदा नभई सिंगो परिवार, समाज र राष्ट्रलाई समेत फाईदा हुने कुराहरु सुत्केरी आमालाई प्रयोगात्मक अभ्यास गराउँदै जानकारी दिएको छ ।

यस्ता समस्याहरुलाई हटाउने प्रयत्न गर्दै सिडिओ नेपालले गर्भवती तथा स्तनपान गराउने आमाहरुलाई सर्वोत्तम लिटो, सरसफाइका सामाग्री, कपडा वितरण गराइरहेको छ ।