पाँचवटा स्रोतकेन्द्र बनाउने देवकोटाको बिदाइ

0
Shares

काठमाडौं, (नेस)
काठमाडौंका २ र उपत्यका बाहिर ३ गरी ५ वटा स्रोतकेन्द्र निर्माण गर्ने विद्यालय स्रोत व्यक्ति विश्व देवकोटाको एक कार्यक्रम गरी बिदाइ गरियो । उहाँले काठमाडौंको गोंगबु र बालाजुमा दुईवटा स्रोतकेन्द्र स्थापना गर्नुभएको थियो ।

शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्व देवकोटाको १६ वडाका वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मुकुन्द रिजालले प्रसंशापत्र, खादा तथा माला लगाएर बिदाइ गर्नुभएको थियो ।

नयाँ विनि बुद्धि भट्ट तथा स्रोतव्यक्ति बाबुराम वाग्लेको पनि सोही कार्यक्रममा स्वागत गरिएको थियो । १६ वडाका विभिन्न विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।