नेपाल समाचारपत्र, काठमाडौं
‘विश्वले सम्मान गर्ने छ नेपालीलाई’ भन्ने मुल नाराका साथ नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं १ घर भई हाल काठमाडौं टोखा नगरपालिका वडा नं ११ बस्ने अनन्तराम केसीले भाद्र ११ गतेदेखि प्रवचन गर्ने हुनुभएको छ ।
विहान ६ बजेबाट विश्वको सबैभन्दा लामो बक्तव्य÷ प्रवचन काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित इष्टपोल स्कुलमा गर्दै हुनुहुन्छ । नेपालका ७७ जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५ सय किलोमिटर पैदलयात्रा गरिसक्नुभएका केसी एक अध्यात्मिक साधकका रुपमा चिनिनुहुन्छ । २१ दिन जलउपवास, ६ महिना मौनध्यान साधना, ९ दिन जमिनमुनिको निराहार भुतपश्या लगायत कठोर साधनाहरु पुरा गरेका अनन्तराम केसीले यसअघि पनि ८० घण्टा लगातार बोलेर विश्व किर्तिमानीको प्रयास गर्नुभएको थियो ।
त्यतिबेला केही प्राविधिक त्रुटीले गिनिज बुकमा रेकर्ड हुन नसकेकोले यसपटक बेलायतदेखि गिनिज प्रतिनिधिलाई नै नेपालमा बोलाएर उहाँको रोहवरमा विश्वकै सवैभन्दा लामो वक्तव्यको प्रयास गरिने केसीले जनाउनुभयो ।
उक्त विश्व रेकर्डका लागि लगभग २५ लाख खर्च हुने अनुमान गरिएको छ । देशको इज्जतसँगै जोडिएको केसीको किर्तिमानीलाई सफल बनाउनको लागि लाइन्स क्लब ए वान का पुर्व डिस्ट्रीक गर्भनर कुमारराज सुवेदीको नेतृत्वमा ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । केसीलाई विश्व किर्तिमानी गराउन तथा आर्थिक सहयोग जुटाउनको लागि मुल आयोजक समिति अन्तर्गतको आर्थिक समितिले यही साउन १२ सामाखुसीमा अन्तरक्रिया तथा सहयोग संकलन कार्यक्रम गरेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पुर्वमन्त्री अर्जुन नरसिंह केसीले साहसिक केसीको अभियान नुवाकोटको मात्र नभएर देशकै भएकाले सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँले केसी विश्व किर्तिमानीका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले नुवाकोट काँग्रेसको तर्फबाट ५१ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा प्रदेश नं ३ की कांग्रेस सांसद जीवन डंगोलले आफनो तर्फबाट ११ हजार १ सय ११ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो ।
लायन्स क्लब अफ काठमाडौं ग्लोबलका अध्यक्ष तथा नुवाकोटका सामाजिक अभियन्ता अनुजकुमार श्रेष्ठले साकुरा कन्सलटेन्सीका तर्फबाट आफूले ५० हजार आर्थिक सहयोग उपलव्ध गराउने वचन दिनुभयो । जस्मिन ओभरसिजका प्रवन्ध निर्देशक तथा समाजसेवी नवराज भट्टले केसीको अभियान सफल बनाउन १ लाख १ हजार तथा मेनपावर व्यवसायीहरुसँग छलफल गरेर थप सहयोग उपलव्ध गराइदिने प्रतिबद्धता गर्नुभयो ।
त्यस्तै टोखा नगरपालिका ११ का वडा अध्यक्ष तथा नुवाकोट गोंगबु सम्पर्क समाजका अध्यक्ष उत्तम अधिकारीले १० हजार नुवाकोट तारकेश्वर मैत्री समाजका प्रतिनिधि तथा सामाजिक अभियन्ता उत्तम अधिकारीले आफनो तर्फबाट रु १० हजार, समाजसेवी÷व्यवसायी पशुपति पाण्डेले १० हजार र विज्ञापन संघका महासचिब एवं मुल आयोजक समितिका सदस्य राजु कुईकेलले २० हजार आर्थिक सहयोग उपलव्ध गराएका थिए ।
त्यस्तै गायिका गिता लामा र अपांग मैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठले ५÷५ हजार सहयोग गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा तिन लाख भन्दा बढी सहयोगको प्रतिबद्धता व्यक्त भएको आर्थिक समितिका संयोजक रबिन थपलियाले बताउनुभयो ।











प्रतिक्रिया