बँडेलले अनिधै किसान, खेती जोगाउनै मुस्किल


सलिम अन्सारी, प्युठान ।
जिल्लाको उदयपुरकोट्मा खेतवारीमा लगाईएको मकै बँडेलले खाएर सत्यानाश पार्न थालेपछी स्थानिय कृषक हैरान परेका छन ।बर्षभरी खान खेतबारीमा दुख गरि उब्जाएको अन्नबालि केही बर्ष यता बँडेलको आहार बन्न थालेपछी गाउका कृषक चिन्तित बनेका हुन। खेती बचाउन गाह्रो भएपछि किसान चिन्तित छन्।माण्डवि गाउँपालिका ४ का धोवाघाट,खजुरे,गैरावारी लगायतका गाउहरुमा बँदेलले मकैबाली खाएर सखाप पार्न थालेपछि किसानहरू बारीमै टहरा बनाई रातभर पहरा दिन थालेका हुन्। जीविकोपार्जनको मुख्य स्रोत मकैबाली भएकाले उनीहरू रातभर बारीमै जाग्राम बस्ने गरेका हुन् ।

मकै जरैबाट उखेलेर नोक्सान बनाएको माण्ड्वि ४ धोवाघाटका किसान रोम बहादुर महराले बताए। उनले भने, ‘गैराबारी भेडाबारी धोबाघाट लगायत गाउँका झन्डै १ हजारभन्दा बढी रोपनीमा लगाएको मकैबाली बंदेलले नोक्सान पुर्याएका छन्।’ गाउँभरीकाले रातिमा बारिमा बसेर पहरा दिँदै आएको उनले सुनाए। मकैबारीभित्र रातिमा बँदेल पस्ने गरेकाले दिनरात पहरा दिनुपरेको उनले बताए। महरा भन्छन भर्खर घोघा हाल्न लागेको मकैबालिमा मन चुटुचुटु हुने गरि बँदेलले उपद्रो मच्चाउछन। बिगत ५ बर्ष देखि गाउँमा बँदेल आँतक बढेको हो।

‘ चारैतिरबाट घेरा हालेर या पासोमा पारेर मार्न सकिँदैन। जतिसक्यो ड्रम ,थाल ठट्याएर हल्ला गरेर धपाउनेबाहेक अरु विकल्प छैन,’ स्थानीय कृषक हेमन्त महराले भने, जति गरेपनी नियन्त्रण गर्न सकिएन। ‘५र६ रोपनी जग्गामा मकै लगाएको थिएँ। महराले भने बँदेलले स्वाहा पार्यो। बारिमा लगाईएको आधा जति मकै बँदेलले नोक्सान गरिसकेका छन् । गत वर्ष पनि बँदेलले मकै सखाप पारेको थियो।’ अहिले किसानलाई घरभित्र मकै भित्राउन नपाईने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

दिनभरी जंगलमा बस्ने बँडेल रातको समयमा भने बथान सहित गाउँ पस्ने गरेको छ । मकै मात्र नभई बँदेलले गहुँ र धान समेत रहन नदिएको गाउँलेले बताए। ‘आँखा झिमिक्क गर्न दिँदैनन्, बारीमा पसिहाल्छन्। कृषक सानू परियारले भने त्यही भएर पनि बारिमा टहरा बनाउनुपरेको हो,’ उनले भने, ‘पहाडका लागि मुख्य बाली भनेकै मकै हो। नजिकै ठूलो जंगल भएकाले पनि समस्या जटिल बन्दै गएको छ।’ बँदेलले दुख दिन थालेपछी गाउभन्दा टाढाका खेतवारी बाझै छोडेको स्थानियले बताए। यो बर्ष गाउमा मकै उत्पादन घट्ने अनुमान समेत गरिएको छ। बाली जोगाउन बँदेल धपाउन उनीहरूले सहयोगको अपिल गरे।