कांग्रेस र नेपाली जनता

0
Shares

सत्ताबाट च्यूत भएको कांग्रेसको अहिले निन्द्रा हराम भएको छ। सत्ताबाट बाहिरिएपछि छटपटाएको कांग्रेसले अहिले बिजनेस पाएको छैन। केही दिन गोविन्द केसीले बिजनेस दिएका थिए। बुढा पनि सरकारसँग तत्कालै वार्ता गरेर सरकारले अनसन तोडेपछि कांग्रेसलाई पर्नु पिर परेको छ। विरोध गर्ने केही उपाय नलागेपछि अहिले कांग्रेस बिजनेसको खोजिमा छ।

त्यो बिजनेसले काम गर्छ गर्दैन थाहा छैन। तर उसले भने अहिले सभामुख र उपसभामुखको पदको विषयलाई लिएर देशव्यापीरुपमा आन्दोलन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ। हैन कांग्रेस सत्ता नपाई एकछिन पनि बस्न सक्दैन कि क्या हो। धरहराले बुझ्न सकेको छैन।

मुलुकमा भएका अन्य बेथितिको बारेमा सरकारसँग रस्साकस्सी गर्नुपर्ने कांग्रेस विगतमा आफूले गरेको कुकर्मको पोल खुल्ला भनेर जनताका पक्षमा वकालत गर्न छाडेको देखिन्छ। आफूले सभामुख वा उपसभामुख पाउँछु कि पाउँदिनँ भनेर आन्दोलन गर्न उद्यत कांग्रेसीहरूप्रति दया गर्ने कोही हुनुहुन्छ भने यसो सुझाव दिऊँ न जनताको पक्षमा आन्दोलन गर भनेर।