सुन चोरीमा संलग्न २ अभियुक्त पक्राउ

0
Shares

गोबिन्द भण्डारी, अछाम । जिल्ला प्रहरी कार्यालय अछामले चोरिको आरोपमा २ जना अभियुक्तलाई पक्राउ गरेको छ । रामारोशन गाउपालिका वडा न ४ बाटुलसैन घरभई हाल मंगलसेनमा होटेल ब्यावसाय गर्दै आएका मिनबहादुर बिष्टले आफ्नो होटेलबाट डेढतोला सुन र १८ हजार नगद चोरी भएको उल्लेखित उजुरी जिल्ला प्रहरी कार्यालय अछाममा उजुरि दिएपछि प्रहरिको निरन्तर अनुसन्धान पछि २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

चोरिमा संग्लग्न मंगलसेनमा बस्दै आएका कर बादी र वडा न ५ बस्ने चक्र नगर्जी सुन पसलमा सुन बेच्ने क्रममा पक्राउ परेका हुन ।

प्रहरीले दुबै जनालाई पक्राउ गरेपछि सोधापुछि गर्दै जादा उनिहरूले चोरेको सुन मंगलसेन नगरपालिका ५ मा रहेको पालेवन सामुदायिक बन भित्रको सिस्ने झाडीमा लुकाई राखेको अवस्थामा सुन फेला पारेको हो ।