नेपाल समाचारपत्र, ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले लागू औषधसहित ललितपुरबाट ४ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध कारोबार गरिरहेको अवस्थामा प्रहरीले कीर्तिपुर नगरपालिकाका विनोद मानन्धर, ललितपुर महालक्ष्मी नगरपालिका १० का विजय लामा, वीरगञ्ज महानगरपालिका ११ का धनन्जय पुनमगर र सत्रुघन पासवानलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नियन्त्रित लागू औषध डाइजेल्याब एम्पल ७७८ पिस, नुफिन एम्पल ७७८ पिस, फेरागन ७७८ पिस गरी जम्मा २३ सय ३४ पिस लागूऔषध बरामद गरेको परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादर एैरले जानकारी दिनुभयो ।
प्रहरीले यति परिमाणमा लागूऔषध बरामद गरेको यो नै पहिलो पटक रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक ऐरले बताउनुभयो ।
कीर्तिपुरका विनोद मानन्धर ललितपुर महानगरपालिका ४ अफलडोलमा शंकास्पद अवस्थामा भेटेपछि प्रहरीले उनलाई पक्राउ गर्दा पोल खुलेको हो । प्रहरीले उनलाई डाइजेल्याब ३० पिस, नुफिन एम्पुल ३० पिस, फेरागन ३० पिससहित पक्राउ गरेको हो । तेलको जर्किनबाट पानीसहित सो औषधी भरेर उनीहरुले कारोबार गर्दै आएको पनि खुलेको छ ।
उनले आफूलाई उक्त लागूऔषध महालक्ष्मी नगरपालिका १० लाकुरीभञ्ज्याङ बस्ने विजय लामाले बिक्री गर्न दिएको बताएका थिए । त्यसपछि प्रहरीले लामाको खाजी गर्दा ललितपुरको मानभवनमा लामाको साथबाट डाइजेल्याब ३५५ पिस, नुफिन एम्पुल ३५५, फेरागन ३५५ पिस फेला पारेको थियो ।मानन्धर र लामा पक्राउ परेपछि उनीहरुको माध्यमबाट प्रहरीले थप दुई जना कारोबारी पनि पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्जका धनन्जय पुनमगर र सत्रुघन पासवानलाई ललितपुर महानगरपालिका २ बाट पक्राउ गरेको हो । उनीहरुले २ वटा ग्यालेनमा डाइजेल्याब ३९८ पिस, नुफिन ३९३ पिस र फेरागन ३९३ पिस बोकेका थिए । अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । उनीहरुले सो लागू औषध १५ सय रुपैया“मा बिक्री गर्दै आएको र सो आधारमा बरामद गरिएको लागू औषध ११ लाख ६० हजारको रुपैया“को रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया