गाउपालिकामा बैंक नहुदा सास्ती

0
Shares

विमल विष्ट, डोटी
डोटीको बडीकेदार गाउपालिकाका लेखापाल दलबहादुर धामी बैंक नहुदा भोग्नु परेको समस्या शव्दमा उतार्न नसकिने बताउनु हुन्छ । उहाँले यति सम्मको दुखेसो पोख्नु भयो कि जिल्ला कैलालीको धनगढी स्थित बैंकहरुमा काम लिएर जादा अवहेलना सहनु पर्ने समस्या भएको छ ।

बडीकेदार सहित यहाँका ५ वटा गाउपालिकामा अझै पनि बैंक खुल्न सकेको छैन । सामान्य बैंकिङ्ग कारोबारका लागि बाहिरी जिल्ला कैलाली जानु पर्ने बाध्यता रहेको धामीले बताउनु भयो । ‘पाच हजारको चेक साट्न कम्तीमा तीन हजार खर्च गरेर धनगढी जानु पर्छ’, धामीले भन्नु भयो ‘ बैंक नहुदा पुरै सेवा प्रवाह नै खल्बलिएको छ ।’

जिल्लाको सबैभन्दा दुर्गम गाउपालिका हो बडीकेदार । बर्षा सुरु भएपछि गाउपालिकाबाट ४३ किलोमीटर कच्ची सडक पैदल हिडेर भिमदत्त राजमार्गको सहजपुर आइपुगिन्छ ।

त्यहाँ बाट धनगढी जान ६० किलोमीटर दक्षिण तिर तथा सदरमुकाम सिलगढी जान झण्डै एक सय ४० किलोमीटर उत्तरतिरको यात्रा गर्नु पर्ने बाध्यता छ कर्मचारीहरु लगायत अन्य स्थानियलाई । कर्मचारी भन्दा बढी मारमा उपभोत्ता समितिहरु परेको स्थानिय रोजबहादुर कलेलले बताउनु भयो ।

बैंक नभएकाले योजनाहरुको लागत नै बढ्ने गरेको उहाँको गुनासो छ । ‘एकपटक बैंकमा खाता खोल्न तीन जना अनिबार्य जानुप¥यो, जाने बित्तिकै काम हुन्न, कम्तीमा दुई दिन गाउका सर्बसाधरणलाई लाग्छ’,बडीकेदार गाउपालिका वडा नं.४ का अर्का स्थानिय भोजबहादुर देउवाले भन्नु भयो ‘फटाफट काम भइहाल्यो भने नि चार दिन लागेपछि तीन जनाको खर्च सामान्यतया १५ हजार भन्दा तल आउदैन , त्यही भएर योजनाहरुमा लागत बढ्ने गरेको छ ।’

उपभोक्ताहरु संयौपटक धनगढी, अत्तरिया र सिलगढीका बैंकहरुले हस्ताक्षर मिलेन, सम्मबन्धीत मान्छे भएन जस्ता अनेकौं बहाना बनाएर फकाई दिनाले झन् सास्ती हुने गरेको सुनाउछन् । उपभोक्ता झै कर्मचारीहरुको पनि उस्तै गुनासो छ । नजिक धनगढी पर्ने भएपनि त्यहाँ बैंकले खातामा रकम जम्मा गर्ने, कर्मचारीहरुको तलब हालीदिने काममा बैंकका कर्मचारी आलटाल गर्ने गरेको गुनासो कर्मचारीहरुको छ ।

सदरमुकाम सिलगढी जानै पर्ने बाध्यता रहने प्रमुख प्रशासकीय अधिकृत दिपकराज पाण्डेयले बताउनु भयो । ‘नियमले संकलन भएको राजश्व दैनिक जम्मा गर्नु पर्ने प्रावधान छ, महिनामा एक पटक गएर बैंकमा दाखिला गर्नु पर्ने स्थिती छ’, पाण्डेयले भन्नु भयो, ‘ जम्मा भएको राजस्व महिना भरी कर्मचारी संगै राखिदा चोरीडकैती हुने, मासिने अनियमीतता गर्ने चुनौती पनि बढी छ ।’

प्रत्येक चौमासिकमा सामाजिक सुरक्षाभत्ताको लाखौं रकम बोकेर कर्मचारीहरुले लामो दुरी पार गरेर आउनु पर्दा असुरक्षित महसुस हुने गरेको उहाँले दुखेसो गर्नु भयो । ‘जंगल खोलाको बाटो छ, लाखौं रुपैया संगै बोक्नु पर्छ’, पाण्डेयले थप भन्नु भयो, ‘बैंक नहुदा सामाजिक आर्थिक रुपले समस्या ल्याएको छ, सेवा प्रवाहमाथि नै सबर्वसाधरण असन्तुष्टी ब्यक्त गर्न लागेका छन् ।

डोटीका कतिपय गाउपालिकामा प्रहरी चौकी नभएका कारण पनि बैंक जान मानिरहेका छैनन् । सर्बसाधरणले लामो समयदेखि गाउपालिकामा प्रहरीचौकी र गाउ“पालिकाको माग गरेका भएपनि पुरा हुन सकेको छैन । त्यस्तै जोरायल गाउपालिकाका अध्यक्ष दुर्गादत्त ओझले आफनो गाउपालिकामा प्रहरीचौकी स्थापना भएपनि बैंक नआउदा निकै समस्या भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘हाम्रो गाउपालिकामा त प्रहरी चौकी स्थापना भएको बर्षौ बितिसक्यो अहिले बैंक ल्याउन प्रयास गरेपनि आउन मानेका छैनन् ।’