नागरिकता लिने १४ हजार ३ थपिए

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
जिल्ला प्रशासन कार्यालय काभ्रेबाट बंशजका आधारमा १४ हजार ३ सय ५३ ले नयाँ नागरिकता लिएका छन् ।

अघिल्लो वर्ष १३ हजार १ सय ४६ ले नयाँ नागरिकता प्राप्त गरेका थिए । प्रशासन कार्यालयबाट प्रतिलिपि नागरिकता ६ हजार ३ सय १३ जनाले लिए भने अघिल्लो वर्ष ९ हजार २ सय ८० जनाले लिएका थिए । बैवाहिक अंगिकृत नागरिकता ७ जनाले प्राप्त गरेका छन् ।

अघिल्लो वर्ष बैवाहिक अंिगकृत नागरिकता ८ जनाले लिएका थिए । पुरानो नागरिकता अभिलेखिकरण २ सय ७५ जनाको गरिएको छ भने अघिल्लो वर्ष ४ सय ३८ जनाको गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट साधारण सिफारिसमा राहदानी लिनेको संख्या ८ हजार ६ सय ३५ भयो ।

अघिल्लो वर्ष ८ हजार ३ सय ९१ जनाले साधारण सिफारिस मार्फत राहदानी लिएका थिए । द्रुत सिफारिस ३ हजार ५ सय २२ जनाले लिए भने अघिल्लो वर्ष ३ हजार ५ सय ८८ जनाले लिएका थिए । राहदानी वितरण प्रशासनले ८ हजार १ सय ८६ जनालाई गरेको छ । अघिल्लो वर्ष भन्दा २ सय कम संख्यामा राहदानी वितरण भएको छ । सिफारिस गरेर वितरण गर्न बाँकी राहदानीको संख्या ४ सय ९९ रहेको छ ।

प्रशासन मार्फत संस्था दर्ता बापत ७४ हजार आम्दानी भएको छ । संस्था दर्ताका लागि एक हजार रुपैया राजश्व तोकिएको छ । हातहतियार नविकरण बापत ९ हजार ७ सय ५०, राहदानी दस्तुर ४ करोड ४९ लाख ६० हजार संकलन भएको छ । प्रशासनले विभिन्न घटनामा संलग्नहरुबाट दण्ड जरिवना बापत ४ लाख ११ हजार ५ सय राजश्व संकलन गरेको छ । त्यस्तै धरौटी वापत २ करोड २ लाख ५६ हजार २ सय ८८ रुपैया संकलन गरेको छ ।

संस्था नविकरण बापत ३ लाख ६३ हजार ३ सय रुपैया संकलन भएको छ । सामाजिक संघ संस्था ऐन अन्र्तगत दर्ता भएका २ हजार ५७ हजार संस्था मध्ये आर्थिक वर्षको अन्त्यमा २ सय ८३ वटा मात्रै नविकरण भएका छन् । त्यहि वर्ष प्रशासनमा ७४ वटा नयाँ संस्था दर्ता भएका थिए । चालु वर्षको शुरुवातीमै तीनवटा संस्था दर्ता भईसकेका छन् ।

पत्रपत्रिका दर्ता ५ वटा भए भने छापाखाना दर्ता भएनन् । हातहतियार नविकरण १३ वटा भए । अघिल्ला वर्ष १२ वटा मात्रै हतियार नजिकरण भएका थिए । हतियार नामसारी गत वर्ष एउटा भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार भुपु सैनीक पेन्सन सिफारिस ८३ जनाले लगेका छन् अघिल्लो वर्ष ८७ जनाले उक्त सिफारिस लगेका थिए ।

प्रशासनबाट प्राप्त हुने सेवामा विस्तारै नागरिकहरु कम हुँदै गएको तथ्याङ्कले देखाउँछ । प्रशासन मार्फत चट्याङ्ग परेकाहरुलाई ७ लाख २५ हजार भुक्तानी गरिएको छ । द्धन्द्ध पीडितहरुका लागि १४ लाख ८८ हजार ८ सय रुपैया वितरण गरियो भने द्धन्द्धकालमा मृत्यु भएका र बेपत्ता भएका परिवारहरुका लागि १ करोड १२ हजार ६ सय रुपैया वितरण गरिएको छ ।

प्रशासन अर्ध न्यायिक निकाय हो । प्रशासनले आर्थिक वर्षको अन्त्य सम्ममा १ सय ९८ वटा मुद्दा फछ्र्याैट गरेको छ । १ सय २० वटा मुद्दा फैसला हुन बाँकी रहेको प्रशासनले जानकारी दिएको छ । २ सय ३७ वटा मुद्दा नयाँ दर्ता भएकोमा पुरानो ७१ वटा मुद्दा समेत गरी ३ सय ८ वटा मुद्दा आर्थिक वर्षको अन्त्यमा कायम भएका थिए । सवारी सम्वन्धी २, खाद्य ३, केहि सार्वजनिक अपराध २ सय २९ र हातहतियारका ३ वटा मुद्दा दर्ता भएका थिए ।