नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरमा आर्थिक वर्षमा २०७४÷०७५ मा अवैध लागुऔषध ओसारपसारमा संलग्न २ सय ४० जना पक्राउ परेका छन् । उनीहरुमध्ये २ सय १४ पुरुष, ११ महिला, १२ भारतीय पुरुष र ३ भारतीय महिला छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न अपराधमा आर्थिक वर्ष २०७४÷०७५ मा १ हजार १ सय १८ जनालाई पक्राउ गरेको छ । जसमध्ये १ हजार ४० पुरुष, ५६ महिला, १९ विदेशी पुरुष र ३ विदेशी महिला छन् ।
प्रहरीले विभिन्न अपराधका ९ सय ५१ वटा मुद्धा दर्ता गरेको छ भने ७ सय २१ वटा मुद्धा फछ्र्यौट भइसकेको प्रहरी विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७४÷०७५ मा सार्वजनिक अपराधअन्तर्गत् स्वदेशी र विदेशी गरी ५ सय ५८ जना पक्राउ परेका छन् भने ६१ जना फरार छन् ।
लागुऔषध मुद्धामा २ सय ४० जना पक्राउ परेका छन्, ५ जना फरार छन् । ज्यान मार्ने उद्योगमा ३ जना फरार छन् भने १० जनालाई पक्राउ गरिएको छ । चोरी मुद्धामा ४४ जना, जुवा सम्बन्धि मुद्धामा १ सय २३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ ।
हातहतियार खरखजानामा १४ अभियुक्त पक्राउ परेका छन् भने १६ जना फरार छन् । प्रहरीले जबर्जस्ती करणी मुद्धाअन्तर्गत् १८ जनालाई पक्राउ गरेको छ भने ७ जना फरार छन् । जबर्जस्ती करणी उद्योगअन्तर्गत् ७ जना पक्राउ परेका छन्, २ जना फरार छन् । जबर्जस्ती करणी उद्योगमा दर्ता भएका मुद्धाहरु फछ्र्यौट भइसकेको प्रहरीले जनाएको छ ।
वहुविवाह घटनामा ११ वटा मुद्धामा ११ वटै फछ्र्यौट भएका छन् । कर्तव्य ज्यानका १० मध्ये ९ र सवारीज्यानका ४६ मध्ये ४३ मुद्धा किनारा लागेको छ । कर्तव्य ज्यान मुद्धामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ भने सवारीज्यान मुद्धाअन्तर्गत् ३९ जनालाई पक्राउ गरेको छ । ६ जना हालसम्म फरार छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गएका वर्षयता बढी लागुऔषध ओसारपसार गर्ने मानिस पक्राउ परेका छन् । प्रहरीले असारसम्म गाँजा १ हजार १ सय १० किलो ३ सय ६७ ग्राम बरामद गरेको छ ।
चरेश ७० किलो ८ सय ८६ ग्राम, खैरो हेरोइन ११ ग्राम, अफिम १ किलो २४ ग्राम, नाइट्राभेट २ हजार ९ सय ३६ ट्याब्लेट, डाइजेपाम ट्याब्लेट १ हजार ४ सय ४९ पत्ता, ब्युप्रोनोर्पिmन १ हजार ३ सय ८ पत्ता, फेनारगन १ हजार ४ सय ७७ र नोर्फिन १ सय ४५ पत्तासहित कोेरेक्स ४ सय ४६ बोतल बरामद गरिएको छ ।











प्रतिक्रिया