खोलामा बढी आउँदा सवारी आवतजावतमा कठिनाइ

0
Shares

थुतेन लामा, मनाङ
मंगलवार रातिदेखी परेको अविरल वर्षले चामे बेसीसहर सडक खण्डामा पर्ने थानचोक स्थीत घट्टेखोलामा रहेको अस्थाई काठको पुल बगाउदा सवारी आवज जावजमा कठिनाई परेको छ । गत वर्ष स्थानियको पहलमा निर्माण भएको यस खोलाको पुल बगाए पछि सवारी आवत जावतमा कठिनाइ भएको छ ।

बर्षै पिच्छे यस्तै समस्याहरु झेल्दै आएको यस मार्गमा सवारी चलाउदै आएका सवारी चालक सधै कठिनाई झेल्न बाध्य रहेका छन । हुन त बेशिसहर चामे सडक खण्डको स्तर उन्नतिको लागी बर्षै पिच्छे सडक डिभिजन कार्यालय दमौलीले बिभिन्न कंम्पनीहरुलाई ठेक्का पटा दिने गरेको छ तर सडकको अवस्था भने जिउका तिउ छ ।

कहिले पिसाङ खोला त कहिले तिमाङ खोला,म्र्यादी खोलामा यात्रुहरु लिएर अलपत्र पर्ने गरेका छन । ठेक्का दिएको पुल पनि समयमा सम्पन्न नहुनु , अस्थाई पुलहरु पनि नटिकनु तथा बर्षाको समयमा खोलाले बगाउनुले गर्दा पनि यस सडक खण्डमा यस्ता समस्यासंग जुधन बाध्य रेहेको सवारी चालक खुशि गुरुङले बताउनु भयो । सरकारको रकम पानीमा बग्ने गरेको र ठेकेदार मोटाउने काम भन्दा अरु केहि नभएको उनको भनाई रहेको छ ।

बर्षातको बेला बाटोमा पहिरो , खहरे खोलाहरुको भेलले गर्दा सडक दुघटनाहरु हुने गरेको र यस सडक खण्डमा यस्ता समस्याले गर्दा सवारी चालक तथा यात्रुहरुको कयौको ज्यान समेत गएको जिल्ला प्रहरी कार्यालय चामे मनाङको तथ्याङकमा रहेको छ ।

यसरी दिनानुदिन जोखिम मोलेर यात्रुहरुलाई वारपार गराउदा सवारी साधन आफैमा कम्जोर हुने र नयाँ गाडी पनी यस सडकमा चलाए पछि कम्तीमा तिन महिना पनि राम्रो कन्डीसनमा नहुने गरेको सवारी चालक बुद्धि तामाङले बताए । यस सडक खण्डमा चल्ने साना तथा ठुला सवारी साधनहरु एक पटक बेशिसहर बाट मनाङ पुगेर पुन बेशिसहर फर्कदा सवारी चेक जाच तथा बिग्रिएको टुटफुट भएका यन्त्रहरु नियमीत फेर्नु पर्ने हुन्छ ।

एक पटकमा कम्तीमा पनि दश हजार सवारीसाधनमा खर्च उठने गरेको र यसो नगरी सवारी चल्न र चलाउन समस्या हुनाले यस सडकमा गुडने सवारी साधनको भाडामा समेत महङगो पर्न गएको सवारी चालक तामाङले बताए ।

तामाङको भनाई अनुसार कहिले काँहि त तेल खर्च , मर्मत खर्च र सवारी चालक र सहायकलाई समेत खर्च नउठने गरेको बताए । सिजनमा जोखिमै मोलेर मर्मत खर्च धेरै नै उठेता पनि राम्रै कमाई हुने तर बर्षायामको समय अनि अफ सिजनको बेला यो समयमा जोखिम अनुसारका कमाई गर्न नसकेको सवारी मालिक मखन बहादुर गुरुङले बताउनु भयो ।

गत वर्ष मात्र स्थानीय स।ोकार वलाले आफ्नै पहलमा निर्माण गरेको काठेपुल बाढीले बगाउँदा यस्तो अबस्था आएको हो । बिकट जिल्ला त्यसमा पनि सडक डिभीजन कार्यलय तनहु दामौलीले रेखदेख नगरेको स्थानीयको गुनासो रहेको छ ।