महाकाली गाउँ पस्ने खतरा

0
Shares

हरकसिंह धामी, कञ्चनपुर
एक साता देखि सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण महाकाली नदीमा आएको वाढिले कञ्चनपुरमा पर्ने तटवन्ध विहिवार देखि महाकाली नदिले कटान गरी भत्काउन शुरु गरेको छ । तटवन्ध कटान समयमै रोकिएन भने नदिको पानी गाउँ तिर पस्ने खतरा देखिएकाले स्थानिय जनता त्रसित बनेका छन ।

महाकाली नदीमा पानीको वहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका–११ भुजेलामा पर्ने करिव ७० मिटर तटवन्ध भत्काएको हो । भुजेलाका स्थानीयले महाकाली नदीको सतह बढेपनि प्रशासन र स्थानिय निकायबाट खासै पहल नभएको भन्दै आफुहरु त्रसित भएको स्थानियहरmको भनाई रहेको छ । भुजेलाकी कैशा देवि पन्तले रातिको २÷३ बजे पनि नदिले कति कटान गरेको छ भनेर हेन् जानु गरेको र विद्यालयमा ओत लिएर चिउरा र चाउचाउको भरमा दिन काटनु परी रहेको बताउनुभयो ।

भीमदत्त नगरपालिका–११ का बिरेन्द्र कुमार थापा ठेकेदारकै लार्पबाहीका कारण समस्या निम्तिएको बताए । यस्तै अवस्था रहे महाकाली गाउँपस्ने खतरा रहेको उनले बताए । उनका अनुसार महाकाली गाउँपसे भीमदत्त नगर पालिकाका (११, १२ र १३ गरी तीन वडा उच्च जोखिममा रहनेछन् । भीमदत्त नगरपालिका–११ भुजेलाका स्थानीयले ठेकेदारको लार्पबाहीका कारण तटबन्ध भत्कीएको आरोप लगाएका छन, कमसल खालको निर्माण समाग्री प्रयोग गरेर तटबन्ध निर्माण हुदा भत्किएको हो । आफुहरु विगत ५÷६ दिन देखि तटवन्धकै किनारमै त्रसित भएर वस्न वाध्य भएको वताएका छन ।

तटबन्ध भत्किन शुरु गरेपछि जनताको तटबन्ध कार्यालय कञ्चनपुरले ठेकेदारलाई काममा खटाएको छ । अहिले तटकबन्ध निर्माणको जिम्मा पाएको के एस कन्सष्ट्रक्सनले जाली भरान गरिरहेको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि ५६ करोडका तीन ठेक्का दिएको थियो । तीनै ठेक्कामा निर्माण कम्पनीले भुक्तानीको विषयलाई लिएर सम्झौता अनुसार काम सम्पन्न गरेका थिएनन् ।

अहिले तटकबन्ध निर्माणको जिम्मा पाएको के एस कष्ट्रक्सनले जाली भरान गरिरहेको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि ५६ करोडका तीन ठेक्का दिएको थियो । तीनै ठेक्कामा निर्माण कम्पनीले भुक्तानीको विषयलाई लिएर सम्झौता अनुसार काम सम्पन्न गरेका थिएनन् । तीनै ठेक्काको गत बैशाखमै सम्झौता सकिएपनि निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम रोकिएको थियो ।

जनताको तटबन्ध कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका ११ र १२ मा केएस कन्सष्ट्रक्सनले १३ करोडमा १७९ मिटर तटबन्धको निर्माण गर्ने, कुमार श्रेष्ठ राजेन्द्र जेभीले महाकाली नगरपालिका २ र ४ मा २६ करोडमा २.५० किलोमिटर र नार्गाजुन रसुवा जेभीले भीमदत्त नगरपालिका १३ मा १७ करोडमा १२.५० किलोमिटर तटबन्ध निर्माण सम्झौता गरेका थिए । महाकाली नदीले तटबन्ध भत्काउने क्षेत्रमा ७ नम्बर प्रदेशका सांसद बीर बहादुर सुनार र लाल बहादुर खडकाले अनुगमन गरेका छन् ।

स्थलगत अनुगमन गर्दै सासदद्वरा सुनार र खडकाले तटबन्ध भत्किन लागेको भन्दै तत्तकाल रोक्न सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् । जनताको तटबन्ध कार्यालय कञ्चनपुरका ईन्जिनियर महादेव विष्टले भत्किएको क्षेत्रमा निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिएको बताएका छन ।