रसुवा, (नेस)
रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेका ३२ वर्षीय माइते तामाङ, ३५ वर्षीय साङ्गे लामा र रामे बिक रहेको जिल्ला प्रहरीक कार्यालय रसुवाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका धुन्चेका २७ वर्षीय नरेश मल्लको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ । चारै जना जिल्लाको स्याफ्रुमा रहेको तातो पानीमा नुहाउन जाने क्रममा धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेरमा चढेको र हिजो दिउँसो १ बजे दुर्घटना भएको थियो ।











प्रतिक्रिया