उत्कृष्ट तस्बिरहरुको प्रदर्शनीे आर्ट काउन्सिलमा शुरु

0
Shares

काठमाडौ(नेस) । फोटो पत्रकार क्लवद्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनीे नेपाल आर्ट काउन्सिल बबरमहलमा सुरु भएको छ ।

बुधबारदेखि सुरु भएको फोटो प्रर्दशनीकोसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । प्रदर्शनी ६ दिन चल्ने भएको छ ।

फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरि सात विधाका उकृष्ट १६० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

मन्त्री अधिकारीले फोटो पत्रकारलाई अहिले विकास भइरहेको प्रविधि र सोसल मिडियाले चुनौती बढाएको उल्लेख गर्दै फोटोपत्रकारले आफूलाई पनि उत्कृष्ट सावित गर्दै राम्रा फोटो खिच्न सुझाव दिनुभयो ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकोले फोटो पत्रकारहरुले फोटो मार्फत पर्यटन प्रबद्र्धन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ढकालले पिजे क्लवसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिवद्धता दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, ‘फोटो प्रतियोगितामा हामी विगत केही वर्षदेखि साथै छौं । आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहने विश्वास राखेको छु ।’

यसैगरी कार्यक्रममा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले ७० हजार रुपैयाँ फुदन सदालाई हस्तान्तरण गर्नुभएको छ । फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्बिरमा देखिएका मृतक कमल सदाका बुबा हुन् ।

सदाले आफू पाएको रकमले ४ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले रकम पाएको छु । छोरा बितेर गइगयो । अब यो पैसाले म जमिन भाडामा लिएर तरकारी खेती गर्छु । जसले जीवन धान्न सजिलो होला भन्ने आशा लिएको छु ।’

श्रेष्ठको फोटो अफ दि इयर बन्न तस्बिरले १ लाख रुपैयाँ जित्न सफल भएको थियो । ७० हजार सदा परिवारलाई बाँकी ३० हजार केहीसमय अघि निधन भएका पत्रकार यादव थापाको परिवारलाई हस्तान्तरण गरे ।