भक्तपुर, । सूर्यविनायक नगरपालिकाको निर्देशन अवज्ञा गर्दै सुर्यविनायक नगरपालिका वडा नम्वर २ का हरिबहादुर रानाभाटले सार्वजनिक बाटोमा नौ फिटे पर्खाल लगाएपछि सर्वसाधारण मर्कामा परेका छन् । रफत संचार क्लव भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा पिडितहरुले आफूलाई मर्का परेको भन्दै न्यायको माग गरेका छन् ।
सूर्यविनायक नगरपालिका २ बालकोटका हरिवहादुर रानाभाटले उच्च अदालत पाटनको बलमा चलनचल्तीको बाटोमा नौफिटे पर्खाल लगाउँदा सर्वसाधारणलाई समस्या भएको हो । नक्सामै भएको करिब चारफिटे बाटोमा रानाभाटले पर्खाल लगाउँदा उक्त बाटो भई जाने सर्वसाधारणहरु बाटोविहीन र आफ्नै घरमा कैद भएका छन्।
स्थानीयले २० वर्षदेखि भोगचलन गर्दै आएको बाटोमा स्थानीय कल्पना रानाभाट र सरस्वती खत्री परिवारले पर्खाल लगाएर छर छिमेकलाई दुःख दिएका हुन् । कल्पना र सरस्वतीको तर्फबाट कल्पनाका पति हरिबहादुर रानाभाटले उक्त पर्खाल लगाएका हुन् ।
स्थानिय सुमन रानाका अनुसार कल्पना र सरस्वतीले बाटोको मुखैमा रहेको जग्गा दुई वर्ष पहिला खरिद गरेका थिए । जग्गा खरिद गरेर दुई वर्षअघि उक्त बाटोमा पर्खाल लगाउन सुरु गरि अन्य दुई कित्ता जमिन उनीहरुले धम्कीका भरमा खरिद गरि सकेका छन् ।
जग्गा छिर्ने स्थानमा बाटो छैन भित्र बाटो भएपनि निकास अन्त छैन यसकारण रानाभाट परिवारले हाल चलनचल्तीमा १५ लाख आना भएपनि ६ लाख आनाका दरले अरु जग्गा भने खरिद गरि सकेका छन् । तर २०६१ सालमा नै घरै बनाएर बसेकाहरुलाई भने उनको हर्कतले मर्नु न बाच्नु भएको उनी बताउँछन् ।
आफूहरुको घर जाने बाटो नै बन्द हुने गरी पर्खाल लगाउन सुरु गरेपछि भक्तपुरस्थित प्रहरी प्रशासन, सूर्यविनायक नगरपालिका हुँदै प्रधानमन्त्रीको कार्यालय पुग्दा पनि सुनुवाई नभएको पीडित लक्ष्मी दुलाल बताउँछिन् । हामी प्रधानमन्त्रीको निवास भन्दा सय मिटर पर बसेका छौं तर हामी दुई बर्ष देखि अन्यायमा पर्दा पनि यसको सुनुवाई भने नभएको उनी बताउँछिन् ।
स्थानीय प्रहरी प्रशासन, नगरपालिकाले उक्त पर्खाल नबनाउन पटकपटक आदेश दिँदा रानाभाटले नटेर गरी पर्खाल अग्ल्याउँदै आएको दुलालको भनाइ छ ।
दुई वर्ष देखि बाटोमा खाल्डा खन्ने तीन फिटको पर्खाल लगाएर दुःख दिदै आएका रानाभाटले साउन २ गते नौं फिटको पर्खाल लगाएपछि भने आफूहरुको घर नै जेल भएको उनी गुनासो गर्छिन् ।
सूर्यविनायक नपा २ का वडा अध्यक्ष कमलनाथ आचार्यले २०६१ सालमै चारफिटे बाटो कायम भएको जानकारी दिए । सोहीअनुसार हरिबहादुर रानाभाटलाई बाटो अवरुद्ध नगर्न पटकपटक निर्देशन दिँदा पनि सुनुवाइ नभएको उनी बताउँछन्।
‘२०६१ सालमै बाटो जनिएर आएकाले बाटो अवरुद्ध नगर्न हामीले पटकपटक ध्यानाकर्षण गरयौं’, वडा अध्यक्ष आचार्यले भने, ‘उल्टै हामीविरुद्ध उच्च अदालत पाटनमा रानाभाटले मुद्दा हाले।’
उच्च अदालतले एकतर्फी रुपमा फैसला गरेको उनले आरोप लगाए । अदालतका न्यायाधीशहरुको नियतसमेत राम्रो नभएको भन्दै स्थानीय तह एवं जनप्रतिनिधिहरुसँग फिल्डमा के कस्तो अवस्था छ भन्ने बुझ्नेसम्म प्रयास नगरी फैसला गर्नुले अदालतका न्यायाधीशहरुको नियतमा प्रश्न चिन्ह उठ्ने उनी बताउँछन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय भीम ओझा र अग्नि थपलियाको संयुक्त इजलासले रानाभाटले आफ्नो सम्पत्तिको सुरक्षा गराई पाउँ भन्ने मागको पक्षमा सुनुवाइ गर्दै बाटो दिनुनपर्ने फैसला गरेको थियो। रानाभाटले सोही फैसलाको आधारमा केही फिट लगाएर छोडिएको पर्खाललाई महानगरीय प्रहरी प्रभाग थानकोटमा कार्यरत प्रहरी नायव निरीक्षक रामपूर्ण रानाभाटको सहयोगमा नौफिट अग्ल्याएका हुन् ।
बाटोमा पर्खाल लगाउनु कतिको न्याय हो भन्दा उनले स्थनयिलाई उक्त पर्खाल बनाउन बनाएको खल्डोमा पूर्ने धम्की दिदै महिला माथी नै हात पात समेत गरेको स्थानीय बताउँछन् ।











प्रतिक्रिया