काठमाडौं । ग्राण्डी अस्पतालका डा. अजय सिंह, नर्स अनु शाही र पाइलट प्रिया अधिकारी सवार हेलिकोप्टर काठमाडौंको ककनी–१, मगटामा आकस्मिक अवतरण गरिएको छ । चितवनबाट बिरामी लिएर आएको श्री एयरलाइन्सको हेलिकोप्टर काठमाडौंको ककनी–१, मगटामा आकस्मिक अवतरण गरिएको हाे ।
मौसममा आएको खराबीका कारण आकस्मिक अवतरण गर्नु परेको बताइएकाे छ । घटनास्थलमा बलाजुका डिएसपी चिरञ्जीवी नेपाल पुगेका छन् । उनका अनुसार हेलिकोप्टरमा सवार सबै सकुशल छन् । उपचारका लागि ल्याइँदै गरेको बिरामी खगराज अधिकारीको भने अवस्था गम्भीर रहेको जनाइएको छ ।











प्रतिक्रिया