काठमाडौं,नेस
थाई लायन एयरले बुधबारबाट बैंकक– काठमाडौं उडान शूरु गरेको छ । ।
एयरलाईन्सले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हप्तामा सातवटा उडान गर्न अनुमति पाएको थियो । एयरले साताको ३ उडान भर्नेछ ।
बुधबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा कम्पनीले थाइ लायनको उडान सँगै थालाइन्ड र नेपालीबीच थप सम्वन्ध विकास हुने विश्वास लिएको छ, भने यसबाट दुवै देशको पर्यटन क्षेत्रमा टेवा पुग्ने कम्पनीले जनाएको छ । थाइल्यान्ड–काठमाडौं यात्राको दुईतर्फि भाडा ७ हजार ९ सय ५० थाई भाट (करिब २६ हजार ४ सय रुपियाँ) तोकिएको छ भने २० किलोको लगेज छुट दिईएको छ । कम्पनीले सोमबार बुधवार र शुक्रबार उडान भर्ने छ ।
यो सँगै अन्तराष्ट्रिय उडान भर्ने एयर कम्पनीमा ३१ एयरलाइन्स कम्पनी युएस वंगलाले हाल उडान वन्द गरेको पुगेको छ । (युएस वंगलाले हाल उडान वन्द गरेको) बैंकक– काठमाडौं उडान यरलाईनसमा थाई एयरवेज र नेपाल वायुसेवा सँगै थाई लायन एयर थपिए सँगै ३ विमान कम्पनी भएका छन् ।
थाई लायन एयरले २ बोइङ र एक एयरबस बाट उडान भर्ने छ ।सन २०१३ मा स्थापना भएको थाई लायन एयरले बोइङ ७३७–९०० इआर (२सय १५ सिट) बोइङ ७३७–८००(१सय ८९सिट) र एयरबस ३३०–३००(३ सय ९३ सिट ) पछिल्लो विमान भने वोइङ ७३७ म्यास–९बाट विश्व भर उडान भरिरहेको छ । थाई लायनले ३२ वटा बिमानबाट आन्तरिक उडानमा १२ , क्रस रिजनमा २ विमान र अन्तराष्ट्रिय उडानमा २० वटा विमान रहेका छन्











प्रतिक्रिया