त्रिविमा बेरुजु घटाउन सफ्टवेयर प्रयोग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
त्रिभुवन विश्वविद्यालय लेखापरिक्षण महाशाखाले बेरुजु घटाउदै त्रिविका सम्पूर्ण निकायहरुमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि सेन्ट्रल वेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’सफ्टवेयर सञ्चालनमा ल्याएको छ । त्रिवि अन्तर्गतका ३० वटा निकायहरुमा उक्त सफ्टवेयर सिस्टम सञ्चालनमा ल्याएको छ ।

सफ्टवेयर सञ्चालन कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीले आन्तरिक लेखा परिक्षण कार्यलाई समयमै सम्पन्न गरी समयमै महालेखा परिक्षण गराई वेरुजु घटाउन सम्पूर्ण मातहतका निकायहरुलाई निर्देशन दिनुभएको थियो । आर्थिक अनुसाशन र पारदर्शितामा कुनै पनि वहानावाजी नचल्ने भन्दै उहाँले समयमै आन्तिरक एवं वाह्य लेखापरिक्षण हुन नसक्ने निकायको बजेट निकासा रोक्ने चेतावनी समेत दिनुभएको थियो ।

कार्यक्रममा नायव महालेखा परिक्षक विवेकानन्द घिमिरेले त्रिविमा हुने गरेको वेरुजुका किसिम र वेरुजु नियन्त्रणका उपायका वारेमो उपस्थित लेखामा कार्यरत कर्मचारीहरुलाई जानकारी गराउनुभएको थियो । त्रिविले निर्माण गरेको नियम र कार्य्विधिको प्रभावकारी कार्यान्वयन गर्न सवैलाई अनुरोध गर्दै त्रिवि जस्ता उच्च शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायरमा रही काम गर्न समेत सजग गराउनुभएको थियो ।

कार्यक्रममा लेखापरिक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्र बहादुर श्रेष्ठले त्रिवि हुने वेरुजुको प्रकृति र वेरुजु नियन्त्रणमा भइरहेको प्रयासहरुका वारेमा जानकारी गराउदै लामो समयदेखि प्रयत्न गरिएको सफ््टवेयर सञ्चालनमा त्रिविमा हुने गरेको वेरुजुको अवस्थामा अत्यधिक सुधार हुने अपेक्षा गर्नुभयो ।