बिद्यालयको हिसाब माग्न थाल्यो प्रहरीले

0
Shares

सञ्जय कार्की, रौतहट
प्रहरीले यहाको एक बिद्यालय संग हिसाबकिताब र कागजपत्र माग गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक मनोज यादबले चन्द्रनिगाहपुरमा रहेको माउण्ट एभरेष्ट आबासिय माध्यमिक बिद्यालयको हिसाब किताब र कागजपत्र माग गरेका हुन ।

हिसाब किताब माग गर्नको लागि प्रहरी निरिक्षक यादबले माउण्ट एभरेष्ट आबासिय माध्यमिक बिद्यालय चन्द्रनिगाहपुरका संचालक मकबानपुर स्थित हेटौडा निबासी उमेश प्रसाद बास्कोटा र बिद्यालयका लेखापाल अनन्त कुमार अधिकारी लाई समेत उपश्थित गराउन ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नाममा पत्राचार गरेका छन ।

प्रहरी निरिक्षक मनोज यादबले हिसाब किताब माग गरेपछि उनको बिरुद्धमा बिद्यालय प्रशासनले उच्च अदालत जनकपुरको अस्थायी ईजलास बीरगजमा दायर गरेको रीटमा अन्तरिम आदेश जारी गरेको छ । कम्पनी ऐनमा दर्ता भएको संस्थाको हिसाब किताब सम्बन्धित ऐन अनुसार नै हुने हँुदा त्यस कार्यालय बाट निबेदक लाई नबोलाउनु, हिसाब किताब नमाग्नु भन्ने अन्तरिम आदेश जारी भएको छ ।

सरकारी मुध्दा सम्बन्धि ऐनको अनुसुची १ मा उल्लेखित मुध्दा बाहेक हेर्न नपाउने मुध्दामा समेत प्रहरीको हस्तक्षेप बढेको आरोप रहेको छ । प्रहरीले लेनदेनको समेत जाहेरीमा अनुसन्धान गर्ने भन्दै हिसाब किताब माग्नु कानुनु बिपरित रहेको कानुन ब्यबसायीको भनाई रहेको छ । बिद्यालयको हिसाब किताब माग गरेको सम्बन्धमा प्रहरी निरिक्षक मनोज यादबले जिल्ला प्रशासन कार्यालयको पत्र कार्यान्वयन गर्नको लागि हिसाबकिताब माग गरेको बताउनुभयो ।