नुवाकोट, (नेस)
नेपाल कम्युनिष्ट पार्टी विप्लभ समुहको जनपरिषद नेपाल नुवाकोटले नुवाकोटको स्थानियतहले जनताको ढाड सेक्नेगरी एकिकृत सम्पत्ति कर बढाएको भन्दै विरोध गरेको छ ।
आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै जिल्ला जनपरिषद नुवाकोटका प्रमुख विन्तोष शिलवालले नुवाकोटवास्लिाई सोच्न र बाँच्नै नसक्ने अवस्थामा कर वृद्धि गरिएको भन्दै आफुरुको गम्भरि ध्यानाकर्षण भएको जनाएको छ ।
जनपरिषद नुवाकोटले स्थानीयतहले उत्पादनहीन डाँडामा कर लगाएको र त्यसले जनता मारमा परेको भन्दै तत्काल बढाइएको एकिकृत सम्पत्ति कर फिर्ता लिन माग गरेको छ । साथै उसले बढाएको एकिकृत सम्पत्ति कर नर्तिन र अवज्ञा आम जनतासँग आग्रह गरेको छ ।











प्रतिक्रिया