भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट बिजयी २९ जना जनप्रतिनिधिले जनताप्रति पूर्णरुपमा जिम्मेवार रही नगरपालिकालाई समृद्घ र नमुना नगर बनाउन प्रतिबद्घ रहेको बताएका छन् ।
उनीहरुले कौशलटारमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको सिद्घान्त ,मुल्य मान्यता र विधान अनुरुप अनुशरण गर्दै नगरको नीति निर्माण निर्माण गरिएको प्रष्ट पारेका छन् ।
पत्रकार सम्मेलनमा मथिनपा वडा नं २ का वडाध्यक्ष तथा नपाका प्रबक्ता राम थापा मगरले सचेत नगरबासीप्रति भ्रम सृजना हुने गरी जनप्रतिनिधिहरुको भत्ता,सुबिधा बढाउन कर बृद्घि गरिएको भन्ने हल्लाप्रति दुखी,सजग र सचेत रहेको बताउनुभयो ।
आ.ब.२०७५÷७६ को बजेट,नीति तथा कार्यक्रममा नेपाल सरकार तथा प्रदेश सरकारबाट निर्णय भएको भन्दा कहिं कतै पनि सेवा सबिधा,लिने र दिने गरी कुनै निर्णय नभएको संयुक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
आफुहरु जनताप्रति अत्यन्त संबेदनशिल रहेको र प्रत्यक्ष जनसरोकार रहेको एकीकृत सम्पति करको बिषयमा पनि सबै पदाधिकारी सचेत रहेको बिज्ञप्तिमा उल्लेख छ ।ब्यापक छलफल र बिचार बिमर्श गरि नीति तथा कार्यक्रममै राष्ट्रियता,लोकतन्त्र र समाजवादलाई अंगीकार गर्दै बजेट तथा कार्यक्रम पारित भएको बिज्ञप्ती मार्फत उनीहरुले प्रष्ट पार्न खोजेका छन् ।
संयुक्त प्रेस बिज्ञप्तिमा नपाका ४५ जना पदाधिकारी मध्य २९ जना जनप्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
पत्रकार सम्मेलनमा उपप्रमुख अन्जनादेबी मधिकर्मी लगायत केही कार्यपालिका सदस्य र नगर सदस्य भने उपस्थित थिएनन् ।तर बिज्ञप्तिमा उनीहरुको हस्ताक्षर भने समाबेश छ ।कार्यब्यस्तताका कारण उनीहरु उपस्थित हुन नसकेको नगर सदस्य हरिदास प्रजापतिले जानकारी दिनुभयो ।
यस नगरपालिकामा कांग्रेसले गत स्थानीय निर्वाचनमा उपप्रमुख सहित दुई तिहाई स्थानमा बिजय हासिल गरेको थियो ।











प्रतिक्रिया