जिप्रकाद्वारा १ सय ७८ वटा मुद्दा दर्ता

0
Shares

नुवाकोट, (नेस)
जिल्ला प्रहरी कार्यालय नुवाकोटमा गत आर्थिक बर्ष २०७४÷७५ मा १ सय ७८ वटा मुद्धा दर्ता भएको छ । दर्ता भएका मुद्धामध्ये १ सय ८ वटा फछ्र्यौट भएको र ७० वटा मुद्धा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयमा एकबर्षको समयमा दर्ता भएकोे १ सय ७८ वटा मुद्धामध्ये कर्तब्य ज्यान मुद्धामा ७ वटा, ज्यान मार्ने उद्योगमा ८ वटा, जबर जस्तीकरणीमा ७ वटा, जबर जस्तीकरणी उद्योगमा ३ वटा, हातहतियार तथा खरखजानामा २ वटा, ब्यक्ति अपहरणमा १ वटा, चोरीमा ३ वटा, सवारी ज्यानमा १४ वटा, केही सार्वजनिक अपराधमा ४४ वटा मुद्धा दर्ता भएको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले त्रिशुली प्रवाह साप्ताहिलाई बताए ।

यस्तै बहुबिवाहमा ७ वटा, सरकारी कागजात किर्तेका १ वटा, ठगीका ३ वटा, लागुऔषधका २ वटा र बोक्सीको आरोपमा १ वटा मुद्धा दर्ता भएको छ । बिष सेवन गरेको घटना १० वटा, मानब ओसारपोसारका २ वटा, भबितब्य ज्यान गएको २३ वटा, फुटकर ज्यान गुमाएका ७ वटा, झुण्डिएर आत्महत्या गरेका ३० वटा घटना दर्ता भएको तर यी मुद्धाहरु फछ्र्यौट हुन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

यसैसबिच जिल्ला प्रहरी कार्यालय नुवाकोटले आर्थिक बर्ष २०७४÷७५ मा बिभिन्न स्थानमा बाजी थापेर जुवातास खेल्दै गरेको अबस्थामा ३४ जना ब्यक्तिहरुलाई पक्राउ गरी उनीहरुबाट २ लाख १९ हजार ५ रुपैयाँ बरामद गरेको जनाएको छ । त्यस्तै गत आर्थिक बर्षमा ३ हजार ९ सय ३० अबैध घरेलु मदिरा बरामद गरी ११ सय घरेलु मदिरा बनाउने कच्चा पदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यस्तै, जिल्ला ट्राफिक कार्यालय नुवाकोटले आर्थिक बर्ष २०७४÷७५ मा १ करोड २५ लाख ५५ हजार रुपैया राजश्व संकलन गरेको छ । उठेको राजश्व आर्थिक बर्ष २०७३÷७४ मा असुलेको भन्दा ३० लाख १ हजार ५ सय रुपैया बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटका प्रमुख शम्भु अधिकारीले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटले आर्थिक बर्ष २०७३÷७४ मा ९५ लाख ५३ हजार ५ सय रुपैया राजश्व संकलन गरेको थियो ।