यो इन्गेजमेन्ट मात्र हो, सरकार नसच्चिए जन्ति लिएर आउछौं: प्रवक्ता शर्मा
रामकृष्ण चापागाईं, काठमाडौं । पुर्वघोषित कार्यक्रम अनुसार नेपाली काँग्रेसले देशैभरी सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकार अधिनायकवादी बाटोमा अग्रसर भएको आरोप लगाउदै आयोजना गरेको विरोध प्रदर्शनमा काँग्रेसले हजारौ कार्यकर्तालाई सडकमा उतारेको दावी गरेको छ ।
महङ्गी, भ्रष्टाचार, अनियमिततामा मात्र हैन न्यायालयमा समेत हस्तक्षेप गरी सबै राज्य संयन्त्रमा कब्जा गरेर पार्टी कार्यकर्ता पोस्न वर्तमान सरकार उदत रहेको भन्दै काँग्रेसले विरोध जनाएको छ । सबै जिल्ला सदमुकामा गरिएको एक दिने विरोध प्रदर्शनमा नेपाली काँग्रेसका ५ लाख भन्दा बढी कार्यकर्ता सरकार विरुद्धको आन्दोलनमा उत्रिएको दावी गरेको छ । काँग्रेसले जनसम्पर्क समिति मार्फत ३० देशमा पनि एकै पटक सरकार विरुद्ध प्रदर्शन गरेको बताएको छ ।
सरकार विरुद्ध चर्को नाराबाजी गर्दै शुरु गरिएको विरोध कार्यक्रममा नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रलाई नै खतरामा पार्न खोजेको आरोप लगाएका छन् ।
महङ्गी बढेको, भ्रष्टाचार बढेको, जथाभावी कर बढाइएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतलाई समेत नियन्त्रणमा राखेर जथाभावी काम गरेको भन्दै काँग्रेसले राज्यको सम्पुर्ण स्रोत साधन समेत कब्जा गरेर विधिको शासन माथि नै धक्का पु¥याएको आरोप लगाएको छ । सरकारलाई नियन्त्रण गर्ने कुनै अर्को निकाय नै बाँकी नराखेर सरकार सर्वसत्तावाद तर्फ उन्मुख हुनुपरेको भन्दै सरकार नसच्चिए आन्दोलनलाई निरन्तरता दिने काँग्रेसले जनाएको छ ।
देशभर भएको आन्दोलनमा ५ लाख भन्दा बढी काँग्रेस कार्यकर्ता सहभागी भएको दावी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– मंगलबार एकदिने विरोध कार्यक्रम सांकेतिक मात्र हो, सरकारको नसच्चिने हो र यहि रवैयालाई निरन्तरता दिने हो भने काँग्रेसले यो भन्दा ठुलो विरोधका कार्यक्रम घोषणा गरेर आन्दोलनलाई अघि बढाउछ ।
देशभर ५ लाख भन्दा बढी काग्रेस कार्यकर्ता तथा सुभचिन्तकले विरोध प्रदर्शनमा सहभागिता जनाएको दाबी
देशै भरी विरोध प्रदर्शनका कार्यक्रमभ भएको कारण केन्द्रीय नेताहरु बढिएर विभिन्न जिल्लामा सहभागि भएको उहाले बताउनु भयो । वर्षाको समयमा, खेति गर्ने सिजनमा पनि ५ लाख भन्दा बढी कार्यकर्ता र सुभचिन्तक सडकमा ओर्लेर सरकारको विरोध गरेको भन्दै प्रवक्ता शर्माले भन्नुभयो– यो इन्गेजमेन्ट मात्र हो, सरकार नसच्चिए जन्ति लिएर आउछौं ।
संवैधानिक अंगमा हस्तक्षेप, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको, संसदमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्नेमा एकै दलको बनाएर संविधान मिचेको लगायत सरकारले गरेको गैर कानुनी कामप्रति नेपाली काँग्रेसले असन्तुष्टि जनाउदै आएको छ । सरकार विरुद्धको आन्दोलनमा भाग लिन तनहु पुग्नु भएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल समाचारपत्रसंग भन्नुभयो– यो सरकार अधिनायकबाद तर्फ उन्मुख छ र रातो झण्डा ओडेपछि जे गरेपनि छुट हुन्छ भन्ने मानसिकताबाट अघि बढेको कारण विरोध गर्नुपरेको हो ।
काग्रेसले पूर्ववर्ती देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाईने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिने, भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने तथा प्रदेशको नामाकरण तथा स्थायी राजधानीको बारेमा तत्काल निर्णय गर्नुपर्ने लगायतका मागहरु पनि राखिरहेको छ ।
काँग्रेसले हालै प्रधानन्यायाधिश माथिको सुनुवाई पछि नियुक्तिमा भइरहेको ढिलाई प्रति पनि असन्तुष्टि जनाएको छ । लोकसेवा पास भएर अहिले सम्म काम शैक्षिक योग्यताको प्रमाणपत्र मिल्ने अहिले नमिल्ने कारण बारे पनि काँग्रेसले चासो राखेको छ । काँग्रेसले त्यसो हो भने प्रध्यानन्यायाधीश नियुक्तिकालागि सिफारिस गर्ने न्यायपरिषद र संवैधानिक परिषदका पदाधिकारीलाई नै कार्वाहि गर्नुपर्ने आवाज काँग्रेसले उठाइरहेको छ ।











प्रतिक्रिया