नेपाल समाचारपत्र, काठमाडौं ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले साउन १५ गते पत्रकार सम्मेलनको आयोजना गरी संगठनबाट भए गरेका कामकारवाहीबारे जानकारी गराएको छ ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक बावुराम पाण्डेले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी लगायत संगठनले नागरीकको सेवा र सुरक्षामा गरेका कार्यहरु, संगठनको नयाँ संरचना, संगठनमा वृत्तिविकास योजना, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा गरिएका कार्यहरु, गुनासो व्यवस्थापन, संगठनबाट भएका उद्वारकार्य लगायतका विविध विषयमा संचारकर्मीहरुलाई जानकारी गराउनुभयो ।
सो अवसरमा विभिन्न संचारकर्मीले राखेको जिज्ञासामा उहाँले स्पष्ट पार्नु भएको थियो ।
पत्रकार सम्मेलनमा बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक पाण्डेले प्रस्तुत गर्नु भएका केही प्रमुख कार्यहरु यस प्रकार रहेको छ ।
१. जिम्मेवारी
सीमा सुरक्षा तथा सीमा व्यवस्थापन¸ विपद् व्यवस्थापन तथा सेवा¸ सुरक्षा¸ सहयोग र उद्दार¸ औद्योगिक सुरक्षा¸ राजस्व तथा भन्सार सुरक्षा एवं राजस्व संकलन अभिवृद्धि गराउनमा सहयोग¸ सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, दंगा नियन्त्रण, अपहरित व्यक्तिको उद्दार, भि.भि.आई.पि. एवं भि.आई.पि. सुरक्षा लगायत नेपाल सरकारले विभिन्न समयमा सुम्पेका थप जिम्मेवारीहरु ।
२. नागरिक सेवा र सुरक्षा प्रदान
- विकट रहेका नागरिकहरुलाई समेत सशस्त्र प्रहरी सेवा प्रदान गर्न परम्परागत सांगठनिक संरचनाको अवस्थाबारे विस्तृत अध्ययन गरिएको ।
- राष्ट्रको परिवर्तित आवश्यकतालाई परिपूर्ति गर्न तथा विशेष सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बल¸ नेपालको हालको संरचनालाई परिमार्जन गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2075/02/27 गतेको निर्णयबाट “सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण 2075” स्वीकृत भई सो बमोजिमको संरचना यसै महिनाबाट लागू गरिएको/लागू हुने क्रममा रहेको ।
- संगठनले अबका दिनहरुमा सेवा प्रवाह र सुशासन कायम राख्न आफ्नो ‘म्याण्डेटोरीयल टास्क’ सहित सशस्त्र प्रहरी कर्मचारीहरु Long Range Patrol (LRP), Force March, Short Range Patrol (SRP) का रुपमा परिचालन भई गाउँ-गाउँसम्म पुगी जनतालाई सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्दार गर्ने व्यवस्थालाई बलियो बनाइएको ।
- हालका दिनहरुमा काठमाडौं उपत्यका लगायत देशका सातै प्रदेशमा गरी करीव ७७ वटा छुट्टा-छुट्टै टोली Immediate Response Team (IRT) को रुपमा Highway मा चौविसै घण्टा खटिएको ।
- आपतविपद्मा उद्दार कार्यका लागि बनाइएको टोली १३ स्थानमा एम्वुलेन्स, प्राथमिक उपचारका सामान तथा अन्य सुरक्षा सामाग्रीसहित चौविसै घण्टा मूल सडकमै तैनाथ रहेको ।
- सशस्त्र प्रहरी सेवा प्रदान गर्न देशभर गरी ९ सयभन्दा बढी स्थानमा दैनिक रुपमा ड्यूटी परिचालन गरिएको ।
- प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रदान गर्न दैनिक रुपमा करीव ९ हजारको जनशक्तिलाई परिचालन गरिएको ।
- देशभरका विभिन्न व्यारेकमा गरी करीव ३ हजार जनशक्ति तत्काल परिचालन गर्ने गरी चौविसै घण्टा उच्च सतर्कतामा राखिएको ।
- जनतालाई सेवा प्रदान गर्ने सिलसिलामा सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयसँग सिधै सम्पर्क गर्न हटलाईन सेवा ४२८७३४७ साथै टोल फ्रि नं. 11१4 को व्यवस्था गरिएको ।
३. संगठनको नयाँ संरचना
- हाल विद्यमान ५ वटा बाहिनीहरुको संख्यामा वृद्धि गरी ७ प्रदेश र उपत्यकामा १ गरी जम्मा ८ वटा बाहिनी रहने ।
- विद्यमान तालिम केन्द्रहरु यथावत राखी सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप नयाँ ५ तालिम केन्द्र स्थापना गरिने ।
- 237 नफ्रीका सीमा सुरक्षा कार्यालयलाई नाम परिवर्तन गरी 621 नफ्रीको गणमा स्तर वृद्धि गरिएको ।
- हाल रहेका ३८ अनाश्रित गुल्महरुको संख्यामा वृद्धि भई ५६ भएको । १७ स्थानमा आश्रित गुल्महरु स्थापना भई सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपाल परिचालन हुने अवसर श्रृजना भएको ।
- हाल रहेका ८७ बि.ओ.पि.हरुलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार गणबाट परिचालित हुने गरी बि.ओ.पि.हरुको संख्यालाई कायम राखी अरु थप बि.ओ.पि.हरु स्थापना गरी सीमावर्ती इलाकामा परिचालन हुने हुँदा बि.ओ.पि.को संख्यामा उल्लेख्य वृद्धि हुने ।
- सम्पूर्ण सशस्त्र प्रहरी बल, नेपालका इकाईहरु (तालिम शिक्षालय बाहेक) 8 स्थानमा रहेका बाहिनीको कमाण्डमा परिचालन हुने ।
- जिल्लामा रहेका सबै किसिमको गुल्म तथा पोष्टहरुको कमाण्ड उक्त जिल्लामा रहेको सशस्त्र प्रहरी गणको रहने ।
- केन्द्रमा सशस्त्र प्रहरी बल महिला गुल्मको स्थापना गरिने साथै प्रत्येक बाहिनीमा १/१ से.मु. नफ्रीमा महिला सशस्त्र प्रहरी कर्मचारीलाई खटाईने ।
- हाल प्रदेश नं. १ र प्रदेश नं. ६ मा क्षेत्रीय अस्पताल रहेकोमा भविष्यमा सबै प्रदेशमा रहने गरी स्थापना गर्दै लगिने ।
- सशस्त्र प्रहरी अधिकृतहरुको सरुवा गर्दा जिम्मेवारी सहित सरुवा प्रणालीको नीति बनाई सरुवा गर्न लागिएको ।
४. सशस्त्र प्रहरी बल¸ नेपालको नयाँ सांगठनिक पुनर्संरचना गर्दा हुने फाईदाहरु
- एकै तहका युनिटहरुको नफ्रीमा समान हुने।
- युनिट सरुवा प्रणाली लागू गर्न सकिने ।
- सांगठनिक संरचना तथा चेन अफ कमाण्ड मजबुत हुने ।
- सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपालको उपस्थिति रहने ।
- संगठनमा हाल रहेको जनशक्तिबाट नै नयाँ संरचनामा जान सकिने ।
- सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा सहयोग पुग्ने ।
- अवसरको समान तथा न्यायोचित वितरण हुने ।
- कमाण्डमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई थप जिम्मेवार बनाउन सकिने ।
- प्राविधिक समूहमा रहेका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा थप टेवा पुग्ने ।
५. दैनिक कार्य सम्पादनमा लेस पेपर अवधारणा लागू
- प्रविधिको प्रयोगमा जोड ।
- इन्ट्रानेटको संजालमा ल्याई दैनिक कार्यलाई सहज, सरल र प्रभावकारी ।
- कम भन्दा कम पेपरको प्रयोग ।
६. अवैध चोरीपैठारी निकासी नियन्त्रण
- सशस्त्र प्रहरी बल¸ नेपालले २०७५ साल वैशाख¸ जेष्ठ र आषाढ गरी तीन महिनाको अवधिमा कूल ३ करोड ८९ लाख ४४ हजार ९४३ रुपैयाँ बराबरको चोरीपैठारी निकासी, अवैध सवारी साधन र वन पैदावार¸ १¸८९५ क्यू.फिट काठ बरामद गरी सम्बन्धित कार्यालयहरुमा बुझाएको ।
२०७५ साल वैशाख¸ जेष्ठ र आषाढ महिनामा चोरीपैठारी निकासीका सामान बरामद
क्र.सं. | महिना | बरामद सामानको रकम | कैफियत | |
अङ्कमा | अक्षरमा | |||
1. | वैशाख | 1¸०८¸३०¸८५१/- | एक करोड आठ लाख तिस हजार आठसय एकाउन्न रुपैया | |
2. | जेष्ठ | १,26,००,६६९/- | एक करोड छब्बीस लाख छ सय उनान्सत्तरी रुपैया | |
3. | आषाढ | 1¸5५¸१३¸४23/- | एक करोड पचपन्न लाख तेह्र हजार चार सय तेईस रुपैया | |
जम्मा | ३¸८९¸४४¸९४३/- | तिन करोड उनान्नब्बे लाख चवालिस हजार नौ सय त्रिचालिस रुपैया |
७. अपराध नियन्त्रणतर्फ
अवैध पक्राउ
सि.नं. | महिना | ब्यक्ति | भरुवा/एयर बन्दुक | बिभिन्न हतियारका राउण्ड | कैफियत |
1. | २०७५ वैशाख | ७७ | १ | २९ | |
2. | २०७५ जेठ | ६४ | – | – | |
3. | 2075 आषाढ | 42 | – | – | |
जम्मा | १83 जना | १ थान | २९ गोटा |
८. अवैध हातहतियार तथा लागूऔषध बरामद
सि.न. | महिना | गाँजा (के.जि.) | चरेश (के.जि.) | नाईट्रोजन(ट्याब्लेट) | नाईट्रोभेट(ट्याब्लेट) | लुपिजेसिक(ट्याब्लेट) | कोरेक्स(बोतल) | फेनरागन(ट्याब्लेट) | एभिल(बोतल) | सिरिन्जहरु | स्पास्मो प्रोक्सिभन | डाईजेपाम(ट्याब्लेट) | नुफिन | अन्य |
१ | बैशाख | ६ | 110 | 298 | 0 | 0 | 6 | 21 | 0 | 1 | 0 | 21 | 21 | 2 |
२ | जेष्ठ | ३ | 194 | 13 | 0 | 2 | 26 | 0 | 0 | 130 | 90 | 19 | 0 | |
३ | आषाढ | १ | 154 | 30 | 261 | 0 | 446 | 72 | 8 | 69 | 377 | 378 | 364 | |
जम्मा | 10 | 110 | 646 | 43 | 261 | 8 | 493 | 72 | 9 | 199 | 488 | 418 | 366 |
९. विपद् उद्दार
- विपद् उद्दार सशस्त्र प्रहरी बल¸ नेपालको उच्च प्राथमिकताको क्षेत्र रही आएको ।
- काठमाडौं उपत्यका, चितवनको कुरिनटार लगायत सबै बाहिनीहरुमा ५० जनाको दरले दक्ष जनशक्ति खटाइएको
- यसै वर्ष वैशाख,जेष्ठ र आषाढ महिनाको अवधिमा उद्दार कार्यमा ४ हजार ७ सय १९ जना सशस्त्र प्रहरी कर्मचारी परिचालित भएको ।
- 2075 साल वैशाखदेखि हालसम्म भएको विपद् उद्दार सम्बन्धी घटनाको विवरण
क्र.सं. | विवरण | घटना संख्या | घाईते उद्दार | मृत्यु उद्दार | भौतिक क्षति | वेपत्ता | आर्थिक क्षति | परिचालित नफ्री | कै. |
1. | सडक दुर्घटना | 360 | 1¸155 | 189 | 0 | 0 | 0 | 2¸325 जना | |
2. | आगलागी | 161 | 21 | 5 | 181 | 0 | 1¸91¸00¸64¸222 | 1¸861 जना | |
3. | बाढी पहिरो | 28 | 26 | 31 | 36 | 8 | 0 | 302 जना | |
4. | हवाई दुर्घटना | 2 | 0 | 0 | 0 | 0 | 0 | 0 | |
5. | अन्य | 72 | 18 | 33 | 27 | 8 | 0 | 231 जना | |
जम्मा | 623 | 1¸203 | 241 | 212 | 16 | 1¸91¸00¸64¸222 | 4¸719 जना |
1१. सशस्त्र प्रहरी बल¸ नेपालमा वृत्तिविकास योजना
- अहिलेसम्म विभिन्न दर्जाका गरी ७१४ जनाको पदोन्नति गरिएको । २¸२७९ जना नयाँ नियुक्ति (भर्ना) गरिएको।
- सशस्त्र प्रहरी बल¸ नेपालको ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जन एवं संशोधनको प्रक्रिया अगाडी बढाउने योजना रहेको ।
- संगठनको विकास र विस्तारका लागि संरचनामा समयानुकूल परिवर्तन गर्दै लगिने ।
- सशस्त्र प्रहरी बल¸ नेपालको प्राविधिक सेवालाई समयानुकूल स्तरोन्नति गर्दै लैजाने।
- कार्य सम्पादन मूल्याङ्कनलाई वैज्ञानिक प्रणालीका आधारमा व्यवस्थित तथा समयानुकूल विकास गर्दै लैजाने ।
- प्रविधिमुखी प्रणालीको कार्यान्वयनमा जोड र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षा सामाग्री उपलब्धताका लागि पहल गर्ने ।
- सशस्त्र प्रहरी बल¸ नेपालको विपद् व्यवस्थापनको कार्यलाई संस्थागत, आधुनिकीकरण, प्रभावकारी, विशिष्टीकरण र व्यापकता प्रदान गर्दै लैजाने।
- भ्रष्टाचार¸ लैङ्गिक हिंसा र मानव अधिकारका क्षेत्रमा शुन्य सहनशीलताको नीति अवलम्बन ।
- मानव अधिकार संरक्षण र प्रवद्धनको क्षेत्रमा खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मापदण्ड अनुसारको नीति तथा योजना तर्जुमा।
- सशस्त्र प्रहरी बल¸ नेपालमा कार्यरत सकल दर्जाका कर्मचारीहरूको लैङ्गकि समानतालाई अभिवृद्धि गर्न लैङ्गकि एकाईको स्तर अभिवृद्धिमा जोड ।
- सशस्त्र प्रहरी बल¸ नेपालका राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राख्न तथा अन्तर्राष्ट्रिय स्तरमा संगठनको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्र संघीय सेवामा विस्तारका लागि पहल गरिने ।
१२. गुनासो ब्यवस्थापन सम्बन्धमा
- गुनासो ब्यवस्थापनको लागि सचिवालय मातहतमा गुनासो सुनुवाई शाखाको ब्यवस्था गरिएको र छानविन गर्दा दोषी पाईएकालाई कारवाही गरिएको ।
- हेलो सरकारबाट प्राप्त गुनासोहरुलाई तत्काल सुनुवाई गरी त्यसको प्रगति विवरण अनलाईनबाट नै हेर्न सकिने ब्यवस्था रहेको ।
- गुनासो फोकल अधिकारी तोकी यसलाई सिघ्र कार्यान्वयनको ब्यवस्था मिलाईएको ।
२०७५ वैशाखदेखि आषाढसम्म
सि.नं. | विवरण | संख्या | फर्छ्यौट भईसकेको | फर्छ्यौट हुन बाँकी | कैफियत |
१ | अनियमितता (राशन तथा आर्थिक) | ६ | ५ | १ | |
२ | लैंगिक तथा घरेलु हिंसा | ५ | ४ | १ | |
३ | आचरण विपरित कार्य एवं अनियमितता | ५ | ५ | – | |
४ | सरुवा, बढुवा तथा काज | ६ | ६ | – |
५ | तलब भत्ता | – | – | – | |
६ | यु.एन. मिशन | ५ | ५ | – | |
७ | तालिम | – | – | – | |
८ | आर्थिक कारोबार | ५ | ४ | १ | |
९ | अन्य | १७ | १७ | – | |
जम्मा | ४९ | ४६ | ३ |
नोट :- बैशाख – ११, जेष्ठ- २२, आषाढ – १६ = ४९
(ईमेल/फेसबुक-५, टेलिफोन-१८, निवेदन/प्रत्यक्ष-२४, पत्र/फ्याक्स- २)
१३. यू.एन. मिसन सम्बन्धी :-
- सशस्त्र प्रहरी बल नेपाल UN Peacekeeping Mission को लागी बिभिन्न शान्ती स्थापना मिशनमा खटिएको
- शान्ति मिसनमा छनौट कार्यविधि लागू गरी छनोट कार्य निष्पक्ष र पारदर्शी ढंगले गरिरहेको ।
- सन् २००२¸ अक्टोबर १९ बाट यू.एन. मिसनमा सहभागिता ।
- हाल UNPOL ३१ जना र FPU-३२० जना ।
- UNPOL ७८५ जना र FPU ६४५९ जना कार्यकाल पूरा गरेका ।
- UNMISS NEPFPU-I Juba -१८० UNMISS NEPFPU-II Bor -१४०
१४. कारवाही
- स.प्र. बल नेपालले नेपाल सकारको भ्रष्टाचार र लैंगिक हिंसामा सुन्य सहनशिलता, मानवअधिकारको पूर्ण सम्मान गर्ने नीतिको अक्षरस: लागू गर्न प्रतिबद्ध रहेको ।
- अनुशासनहिन कामकारवाही गरी जवाफदेही नहुने र आचरण विपरितका कामकारवाहीहरु गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही गर्ने नीति अबलम्बन गरिरहेको ।
- कमाण्ड तथा जिम्मेवारी सन्तोषजनक नभएका ३ युनिट प्रमुखलाई जिम्मेवारीबाट हटाईएको ।
- २१० जना सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई विभागीय कारवाही गरिएको ।
कारवाहीको विवरण :-
क्रसं | साल/ महिना | सिनियर अधिकृत | जुनियर अधिकृत | बिल्लादार तथाजवान | जम्मा | |||||||||
नोकरीबाट हटाइएको | घटुवा | बढुवा रोक्का | अन्य कारवाही | नोकरीबाट हटाइएको | घटुवा | बढुवा रोक्का | अन्य कारवाही | नोकरीबाट हटाइएको | घटुवा | बढुवा रोक्का | अन्य कारवाही | |||
१ | वैशाख | १ | १ | १ | १८ | २ | १ | २१ | ४५ | ९० | ||||
२ | जेष्ठ | २ | १ | २ | ९ | ३ | २४ | ४१ | ८२ | |||||
३ | आषाढ | १ | ९ | १ | ८ | १९ | ३८ | |||||||
जम्मा | ३ | ३ | ३ | ३६ | २ | ५ | ५३ | १०५ | २१० |
१५. सेवानिवृत्त सम्बन्धी
राजीनामा तथा अवकाश सम्बन्धी
महिना | स.प्र.नि. | स.प्र.ना.नि. | स.प्र.स.नि. | स.प्र.व.ह. | स.प्र.ह. | स.प्र.स.ह. | स.प्र.ज. | स.प्र.प. | जम्मा |
राजीनामा | |||||||||
वैशाख | १ | १० | ४५ | ११ | १ | ३ | २८ | १ | १०० |
जेष्ठ | १ | १४ | ५५ | ३६ | ४ | ६ | ४१ | ३ | १६० |
आषाढ | १ | ३ | ३३ | ४१८ | २६ | १३ | २९ | ३ | ५२६ |
जम्मा | ३ | २७ | १३३ | ४६५ | ३१ | २२ | ९८ | ७ | ७८६ |
अवकाश |
बैशाख जेष्ठ र आषाढ | ११ | १०२ | ८९ | २०२ |
राजीनामा ३ महिनामा | ३ | १६० | ६२३ | ७८६ |
१६. खेलकुद
- राष्ट्रियस्तरका ३ प्रतियोगिताहरुको सशस्त्र प्रहरी बल¸ नेपालद्बारा आयोजना
- कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता,
- सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिता,
- सशस्त्र प्रहरी महानिरीक्षक खुल्ला महिला भलिबल प्रतियोगिता,
- मुख्य खेलहरु फुटबल, भलिबल, व्याडमिन्टन, क्रिकेट, बक्सिङ, कराते, जुडो, तेक्वाण्डो, एथ्लेटिक्स, जिम्न्यास्टिक, लनटेनिस, उसु, हृयाण्डबल, चेस, टेवल टेनिस, सफ्ट टेनिस, साम्बो ।
२०७५ सालमा भएका विभिन्न खेलकुदमा प्राप्त पदकहरुको विवरण :-
विवरण | स्वर्ण | रजत | कास्य | जम्मा पदक | |
२०७५ साल वैशाख, जेष्ठ र आषाढ महिनामा प्राप्त पदकहरु | राष्ट्रिय | २७ | ९ | २२ | ५८ |
अन्तर्राष्ट्रिय | १२ | ७ | १५ | ३४ | |
जम्मा पदक | ३९ | १६ | ३७ | ९२ |
प्रतिक्रिया