काठमाडौं, (नेस)
चीनको छेङदु नगरले काठमाडौं महानगरपालिकालाई दुइ वटा ब्रुमर हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गएको बेला ब्रुमर उपलब्ध गराउने सहमति भएको थियो ।
काठमाडौं महानगरको वातावरणीय सुधारका लागि चीनले ब्रुमर उपलब्ध गराएको हो ।
काठमाडौं महानगरपालीकाका मेयर बिद्यासुन्दर शाक्यले भन्नुभयो,–‘चिनको औपचारिक भ्रमण गर्दा, काठमाडौं महानरको मेयरको हैसियतले म पनि सहभागी थिएँ । त्यसबेला आपसी हित र समृद्धिको कुरा आउँदा, छेङ्दु नगरले काठमाडौं महानगरको वातावरणीय सुधारका लागि ब्रुमर दिने कुरा भएको थियो । सोही अनुसार दुई वटा ब्रुमर पाएका छौ । ’
छेङ्दु नगरको, पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कन्ट्रीका कार्यकारी उपाध्यक्ष जियाङ् डिङ्सँगको भेटमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको समृद्धिका लागि चीन सरकारको सहयोगप्रति काठमाडौं महानगर र महानगरबासीको तर्फबाट खुसी व्यक्त गर्नुभयो ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेको बसन्तुपरको नौतले दरबार पुननिर्माणमा चीन सरकारको सहयोगमा काम भइरहेको छ ।
भेटका क्रममा छेङ्दु नगरको एशोशिसनका कार्यकारी उपाध्यक्ष डिङ्ले छेङ्दुमा भएका विश्वविद्यालयमा, नृत्य, गायन, बाद्यबादन, पेन्टिङ्लगायतका विधामा अध्ययन गर्न काठमाडौंका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।
सो अवसरमा नेपालका लागि चीनका राजदूत यू होङ्लगायत उच्च अधिकारी तथा चीनका ३० र नेपालका २० वटा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो











प्रतिक्रिया