तीन विधेयक पारित

0
Shares

वुटवल, (नेस)
प्रदेश नं. ५ को प्रदेश सभाको सोमवारको वैठकले विभिन्न ३ वटा विधेयक सर्वसमितिले पारित गरेको छ ।

आईतवारको बैठक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध गरेपछि सोमवारका लागि आह्वान गरिएको प्रदेश सभाको बैठकमा मुख्य मन्त्रीको अनुपस्थितीमा आन्त्तरिक मार्मिला तथा कानुमन्त्री कुल प्रसाद केसीले सभामा माग गरिएका विषएमा जानकारी गराउदै सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने सबैधानिक व्यवस्था कार्यान्वयनको माग अदालतमा विचाराधिन भएकाले अदालतको फैसला नै अन्तिम हुने जानकारी गराउनु भएको हो ।

त्यसै गरी नेपाली काँग्रेसले उठाएको प्रदेश ५ को स्थायी राजधानी र प्रदेशको नामाकरणको सवालमा मन्त्री केसीले प्रदेशको अधिकारमा रहेका यी दुई विषएमा सभामुखलाई सवैले साथ दिन माग गर्नु भयो । उहाँले स्थायी राजधानी र प्रदेशको नामाकरणका लागि प्रकृया अगाडी बढाउनु मन्त्री केसीले सभामुखलाई आह्वान गर्नु भयो । प्रमुख प्रतिपक्षले उठाएका सवालमा मन्त्री केसीले सभालाई जानकारी गराए पछि सोमवारको बैठक सुचारु भएको हो ।

सोमवारको बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयक आन्त्तरिक मार्मिला तथा कानुमन्त्री कुल प्रसाद केसीले सभामा प्रस्तुत गर्नुभएको थियो । उक्त विधेएकमा प्रदेश सदस्य इन्द्रप्रसाद खरेल र तुलाराम घर्ती मगरले वोल्दै प्रदेश सभाका सदस्यको मर्यादाक्रमका वारेमा ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यसैगरी प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमितिले पारित भएको सभामुख पुर्ण बहादुर घर्तिले बताउनु भयो । अर्को बैठक साउन १७ गते बस्ने भएको छ ।