६० घण्टापछि निस्कियो सिक्री

0
Shares

विराटनगर, (नेस)
विराटनगरमा सुनको सिक्री निलेका एक युवाले करिब ६० घण्टा पछि सिक्री दिसा गरेका छन् । सुन किन्ने बहानामा राठी ज्वलरी हाउसबाट सुनको सिक्री निलेका इटहरी २ का सुरजकुमार नेपालले करिब ६० घण्टा पछि आइतवार बिहान सिक्री दिसा गरेका हुन् ।

चोरी गर्ने उदेश्यले सुन निलेको थाहा पाएपछि मोरङ प्रहरीले नेपाललाई शुक्रवार साझ पक्राउ गरेको थियो । पक्राउ लगतै प्रहरीले कोशी अञ्चल अस्पतालमा भर्ना गरेको थियो । अस्पतालका इमरजेन्सी इञ्चार्ज रघुनन्दन अधिकारीका अनुसार नेपालले बिहान ८ बजे सुनको सिक्री दिसा गरेका हुन् । प्रहरी टोली आलोपालो गरी नेपालको दिसा पर्खेर बसेको थियो । सुन निलेपछि प्रहरीले नेपाललाई कोशी अञ्चल अस्पतालमा भर्ना गरेपछि अस्पतालले उनलाई अब्जरभेसन वार्डमा राखेको थियो ।

सुन दिसा गरेपछि उनलाई आइतवार बिहान डिस्चार्ज गरिएको अधिकारीले जानकारी दिए । ३१ बर्षिय नेपालले विराटनगर ९ स्थीत राठी ज्वेलरी हासबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाएका थिए । नक्कली सुन बुझाएको भन्दै बिबाद बढेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।लगतै पुगेको प्रहरीले खानतलासी गर्दा नेपालको साथमा सिक्री नभेटेपछि निलेको आशंकामा अस्पताल पू¥याएर एक्सरे गराएको थियो ।

एक्सरे गराउदा नेपालको पेटमा सिक्री रहेको पत्ता लागेपछि अस्पताल भर्ना गरिएको थियो । सुन चोरी गरेको पुस्टी भएपछि नेपाललाई चोरी मुद्धा चलाउने प्रहरीले जानकारी दिएको छ ।