सीतापाइलालाई पर्यटकीय स्थल बनाइने

0
Shares

सरिता चलाउने, सल्यान
सल्यानको शारदा नगरपालिका २ लुहापिङ्गमा रहेको सीतापाइलालाई दृश्य पार्कका रुपमा विकास गरिने भएको छ । सीता पाइला क्षेत्र धार्मिक महत्वको स्थानका रुपमा चिनिन्छ । ढुङ्गामा पाइला आकारमा कुदिएको प्रतिमा त्रेता युगमा भगवान राम पत्नी सीता यो क्षेत्रमा घुम्दै गर्दा उहाकै पाइलाको रुपमा रहेको जन विस्वासछ रहि आएको छ ।

सितापाईला रहेको स्थानमा अवस्थित चौतारा यहाँ सरकारी जागिरमा रहेका एक कर्मचारीले निर्माण गरेको वृद्धहरुको भनाई रहेको छ । २०१६ सालमा तत्कालिन राजा महेन्द्रवीर विक्रम शाह सल्यान खलंगा भएर लुहापिङ्ग सितापाईला हुदै दाङ्ग झरे पछि यसको प्रचार प्रसार भएको पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्रवहादुर शाहले वताउनु भयो । उहाले भन्नुभ यो पहिले यहाँ रहेको सितापाईलामा वाटो हिड्ने वटुवाले फुल चढाउने गरे पनि खासै चर्चा थिएन राजाको भम्रण पछि यसको चर्चा धेरै हुन थालेको हो ।

जीर्ण अवस्थामा रहेको सितापाईलाको पुर्न्निमार्ण सुरु भएको छ । पर्यटकिय क्षेत्र दृश्य पार्कको रुपमा विकास गर्न प्रतिक्षालय, पानीपोखरी, विभिन्न मनोरम आकृतिहरु निर्माण गरिएको छ । सीतापाईला समुन्द्री सहतवाट १ हजार २ सय मिटर उचाईमा रहेकोले यहाँवाट शारदा नदिको फाँट, स्यानीखाल, माल्नेटा, छत्रेश्वरी लगायतका ग्रामिण भेगहरु, श्रीनगर वजार र शितलपाटी गाउँ देख्न सकिने भएकाले दृश्य पार्कको रुपमा विकास गने वडा नम्वर २ का वडा अध्यक्ष केशवसिह श्रेष्ठले वताउनु भयो । उहाले भन्नु भयो चारै तिर देखिने भएकाले पनि निकै आनन्द र मनोरम स्थल रहेको छ ।

शारदा नगरपालिका भित्रका १५ वटै वडामा एक÷एक वटा नमुना पार्क निर्माण गर्ने योजना अनुसार २ नम्वर वडाको सितापाईलालाई पर्यटकिय स्थलको रुपमा विकास गर्न लागेको नगर प्रमुख सुरेश अधिकारीले वताउनु भयो । उहाले भन्नुभ यो सतापाइला पार्क निर्माणका लागि पहिलो आर्थिक वर्ष सानपाले ६ लाख रुपैया खर्च गरेकोछ भने यो आर्थिक वर्ष पनि वजेट बिनियोजन गरेका छौ । यसलाई गार्डेनको रुपमा विकास गरिने छ ।

यो वर्ष सीतापाइला सारदा दृस्य पार्कमा मन्दिर,पोखरी,मुर्ती र पिकनिक स्थान निर्माण गरिने शारदा नगरपालिका प्रमुख प्रसासकिय अधिकृत सुर्व्सिह ठकुरीले वताउनु भयो । उहाले भन्नु भयो खलंगाको ऐतिहाँसिकता र सितापाईलाको दृश्यावलोक पार्कको विकासका लागि आवश्यक कार्य गर्ने छौ ।

यसै विच सीतापाईला आसपासको क्षेत्रमा वृक्षारोपन गरिएको छ । सारदा नगर पालिकाका प्रमुख सुरेश अधिकारिले रुद्राक्षको बिरुवा रोपेर बृक्षारोपनको सुरुवात गर्नु भएकोहो । सितापाईला पार्कमा विभिन्न फुल लगायतका अन्य प्रजाती वृक्षारोपन गरिएको छ ।