मोतीराम तिमल्सिना, काभ्रे
बनेपा नगरपालिकाले लामो समय देखि ब्यवस्थापन गर्न कठिन रहेको फोहोर मैला ब्यवस्थापन सार्वजनिक–नीजि साझोदारी कार्यक्रम मार्फत शुरु गरेको छ ।
बनेपामा दैनिक ३० टन फोहोर उत्पादन हुने गरेको छ । उत्पादित फोहोरको ब्यवस्थापन गर्न नगरपालिकाले गरिरहेको आन्तरिक ब्यवस्थापनलाई सहयोग पु¥याउने र फोहोरलाई सामाजिक, आर्थिक र वातावरणिय हिसावले दिगो ब्यवस्थापन गर्न नगरपालिकाले नेशनल वेस्ट म्यानेजमेन्ट एण्ड रिसाईक्लिनिङ्ग सेन्टर, ललितपुरसँग सम्झौता गरेको छ ।
साउन १ गते देखि उक्त सेन्टरले फोहोर संकलनको काम शुरु गरेको नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले बताए । ‘जनप्रतिनिधि निर्वाचित भए देखि नै फोहोर मैला ब्यवस्थापनका लागि नगरपालिकाले लिएको अभियानलाई दिगो रुपमै ब्यवस्थापन गर्ने गरी शुरु गरिएको छ’–नगर प्रमुख बादेले भने–‘नगरपालिकाको प्रमुख समस्या र चुनौती नै फाहोर मैला ब्यवस्थापन हो ।’
नेशनल वेस्ट म्यानेजमेन्ट एण्ड रिसाईक्लिनिङ्ग सेन्टरले घर घरबाट फोहोर संकलन गरी रिसाईक्लिनिङ्ग गर्नेछ । त्यसका लागि नगर भित्रै जग्गाको ब्यवस्थापन गरिसकेको संस्थाका प्रवन्धक सुजन ढकालले बताए । बनेपामा आयोजित अन्र्तक्रिया कार्यक्रममा फोहोर संकलन विधी, त्यस बापत नागरिकको भूमिका र स्थानीय सरकारको दायित्वका बारेमा छलफल गरिएको थियो ।
फोहोरलाई १२ शिर्षकमा बर्गिकरण गरी घरधुरी(आवास), ब्यवसायीक, उद्योग कलकारखाना तथा अन्य शिषर्कलाई फरक फरक शुल्क तोकिएको छ । कुहिने र नकुहिने फाहोर अलग अलग बनाई संकलन गरिने र त्यसको तालिका तथा समय र दिनको समेत मोवाईलबाट जानकारी गराउने प्रविधि सेन्टरले शुरु गर्दै छ । चाडवर्प वा कुनै कारणबश फोहोर धेरै भएको अवस्थामा एसएमएस मार्फत फोहोर लिन आउने गरी प्रविधिको विकास गरिएको प्रवन्धक ढकालले बताए ।
नगरपालिकाले चाहेको सुन्दर नगर बनाउने सपनालाई साकार बनाउन नागरिकहरुको अधिकार सँगै कर्तब्य र दायित्व रहेको प्रवन्धक ढकालले बताए । फोहोर लिन आउने ट्रक र समय टोल टोलमा र घर घरमा पु¥याउने गरी अभियान शुरु गरिनेछ ।
सडकमा वा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई नगरपालिकाले जरिवना र कारवाही समेत गर्ने नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताए । प्लास्टिकको कम प्रयोग र प्रयोग गरिसकेपछि त्यसको सहि ब्यवस्थापन प्रमुख कारण रहेको स्थानीयहरुले बताए । आफु फोहोर सडकमा लगेर मिल्काउने अनि नगरपालिकाले केहि गरेन भन्ने प्रवृत्ति रहँदासम्म नगर सफा गर्न चुनौती रहेको नगर उपप्रमुख रेखा सापकोटा दाहालले बताईन् ।
अन्र्तक्रिया कार्यक्रममा नगरमा फोहोर ब्यवस्थापनसँगै फोहोर हुनै नदिन र कुचो लगाउने कुचिकार समेत नराख्ने गरी अभियान शुरु गरी निरन्तरता दिन नागरिकहरुले विशेष ख्याल गर्नु पर्ने प्रमुख प्रशासकिय प्रमुख भोजराज घिमिरेले बताए । सबै नागरिकहरुका लागि सुविधा उपलब्ध गराउन र सफा राख्न नगरपालिकाले योजना बनाईरहेको घिमीरेले बताए ।
कार्यक्रममा राजमान मानव र उनका सहयोगि शुशिला महर्जनले नेपालका ५८ वटा नगरपालिका र बंगलादेशमा समेत २ महिना सफा गरी साउन देखि बनेपामा सफा गरिरहेको बताए । नगरबासिहरुले आफ्नो नगर नसम्झँदासम्म जति कुचो लगाए पनि फोहोर सफा गर्न नसकिने राजमान मानवले बताए । ‘तपाई फाहोर नगर्नुस हामी सफा गर्छाै’–उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारवाही गर्नु पर्ने र फोहोर संकलन ब्यवस्थापनलाई चुस्त बनाउनु पर्ने बताए ।
नगरपालिकाले सबै वडाहरुमा फोहोर संकलन गरी नगरलाई वातावरणिय हिसावले सफा राख्ने र फोहोरलाई नै आय श्रोत बनाउने हिसावले काम गर्ने योजना बनाएको प्रमुख बादेले बताए ।











प्रतिक्रिया