चौधौं वाइ वाइ नेशनल एजुकेशन अवार्ड हुने

0
Shares

काठमाडौं,(नेस) । शिक्षालय मासिककोे आयोजनामा चौधौं वाइ वाइ नेशनल एजुकेशन अवार्ड हुने भएको छ ।

यस बर्षको अवार्ड कार्यक्रममा माध्यमिक तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरु, शिक्षा सेवामा कार्यरत कर्मचारी, विभिन्न संघ संस्था मार्फत शिक्षालाई नीतिगत तथा अन्य पक्षबाट पृष्ठपोषण गर्ने ब्यक्तित्व, संघसंस्था तथा शिक्षा पत्रकारहरुलाई समेटिएको छ । कार्यक्रम साउन २८ गते हुनेछ ।

यस बर्ष स्कुल अफ दि इयर, एक्सिलेन्स अवार्ड बेष्ट टिचर अवार्ड, गुडविल एचिभमेन्ट अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, डेडिकेशन अवार्ड, क्रिएटिभ कलेज अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड, प्रिन्सिपल अफ दि इयर, राइजिङ अवार्ड, एजुकेशन भिजन अवार्ड, लाइफटाइम एचिभमेन्ट विद्यामा सम्मन गरिनेछ ।

यसैगरि वाइ वाइका तर्फबाट सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीका लागि २५ हजार नगद राशीको ज्ञानउदय छात्रबृत्ति पुरस्कार प्रदान गरिनेछ ।

हिजो सोमबार आयोजित पत्रकार सम्मेलनमा नेशनल एजुकेशन अवार्डमा पुरष्कृत हुने क्रियाशिल शिक्षा पत्रकारको नाम समेत घोषणा गरिएको छ । जुरी कमिटीका सदस्य तथा हिसान सचिव ऋषि तिवारीले काठमाडौं पोष्टका विनोद घिमिरे तथा आजको शिक्षा साप्ताहिकका रोशन गाउँलेलाई नगद १० हजार रुपिया सहित शिक्षा पुरस्कार प्रदान गरिने घोषणा गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा प्याब्सन उपाध्यक्ष ईश्वर गुरुङ्ग, एनप्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाही , चौधरी ग्रुपका सिनियर म्यानेजर सुरेन्द्र खनालले अवार्डको विषयमा बोल्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालयका प्रधान सम्पादक श्याम तण्डुकारले शिक्षा क्षेत्रका कार्यरत शिक्षाकर्मीको सहयोगले कार्यक्रमको निरन्तरता भएको बताउनुभयो । कार्यक्रम निर्देशक बाल मुकुन्द आचार्यले कार्यक्रम निरन्तर हुनुमा सबैको हातेमालो तथा सहयोग रहेको बताउनुभयो ।