पहिरो नियन्त्रण हुन नसक्दा जनजीवन प्रभावित

0
Shares

नेपाल समाचारपत्र, रसुवा
रसुवाको दक्षिणी भेग जिबजिबेमा एक दशकअघिबाट पहिरो नियन्त्रण हुन नसक्दा जनजीवन प्रभावित भएको छ ।

पहिरो नियन्त्रण गनए बारम्बार आग्रह गर्दा समेत समाधान नभएपछि जिबजिबेवासीले दैनिक चुनौतीको सामाना गर्दै धोबिखोला पार गर्दै आएका छन । पासाङल्हामु राजमार्गबाट पूर्वतर्फ जिबजिबे जाने सहायक मार्गमा वर्षायाममा पहिरो खस्ने गरेकाले कालिकास्थान जिबजिबे पूर्वीक्षेत्र भाग, ज्याङलाङ, चित्ती, बडहरे, खाल्चेत, बेताङलगायतका गाउँका बासिन्दा प्रभावित भएको स्थानीय समाजसेवी विष्णुप्रसाद पौडेलले बताए ।

विसं २०५९ देखि प्राङ्से गाउँबाट खसेको पहिरो रोक्न थुप्रै खर्च लाग्ने भएकाले कालिका गाउँपालिकाले पहिरो रोक्न ध्यान दिन नसक्दा वर्षायाममा विद्यार्थीलाई विद्यालय जान , बिरामी तथा सुत्केरीलाई अस्पताल पु¥याउन र मृतक व्यक्तिलाई वेत्रावतीको उत्तरगयाघाटमा दाहसंस्कारका लागि पु¥याउन कठिन भएको स्थानीय पौडेलले गुनासो गरे ।

प्राङसेदेखिको पहिरोले धोबिखोलाको पुच्छार फलाखु खोलासम्म असर पु¥याइरहेको छ । पहिरो नियन्त्रणको लागि पाँच करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएकाले गाउँपालिकाले गरेको लगानी प्रर्याप्त नभएको स्थानियबासीहरु बताउँछन ।

भारी वर्षाका कारण आएको पानीले नुवाकोटको लच्याङदेखि रसुवाको पाटीखर्क, सिम्ले भोर्ले, डाँडागाँउ, ठूलोगाउँ, समेतको ग्रामीण कृषि सडक बन्द भएको नागरिक समाजले जनाएको छ । वेत्रावती–धुञ्चे, स्याफ्रूखण्डको पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आवश्यक उपकरण र प्राविधिक तैनाथ भए पनि ग्रामीण क्षेत्रका कृषि सडक मर्मत नहुँदा सधँै सडक समस्या भोग्नु परेको स्थानियबासिको गुनासो रहदै आएको छ ।

भिरालो भू–भाग, भारी वर्षाका कारण कुन ठाउँमा पहिरो जान्छ भन्ने ठेगान नहुँदा स्यापु्रm–रसुवागढीखण्डको लिङलिङ क्षेत्र पनि जोखिम रहेको यहाँका सवारी भिम थापाले बताए । भारी वर्षाका कारण नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिका केही भागमा जोखिम बढ्दै गएकोे हो ।

हाकु क्षेत्र पुग्ने मोटर बाटोको निर्माण रोकियो
यसैबीच रसुवाको सदरमुकाम धुन्चेको नजिकै रहे पनि भौगोलिक अवस्थितिका कारण विकट रहेको हाकु क्षेत्रमा निर्माण गर्न लागेको मोटर बाटोको काम स्थगित भएको छ । रसुवाकै इतिहासमा स्थानीय सरकारको तर्फबाट हाकुबेँसीदेखि ठूलोहाकुसम्म डोजरको सहायताले करीब १० किलोमिटर सडक निर्माणको काम अगाडि बढाइएको र भारी वर्षाका कारण हुनसक्ने भू–क्षय न्यूनीकरण गर्न निर्माण कार्य स्थगन गरिएको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए ।

हाकुबँेसीको त्रिशूली नदीमा पक्की पुल निर्माणका लागि माथिल्लो त्रिशूली जलविद्युत् आयोजनासँग परामर्श भई रहेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा ठूलोहाकुसम्म मोटरबाटो पु¥याइसक्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिका अध्यक्ष तामाङले ट्र्याक खोल्न ९५ लाख रुपैयाँ विनियोजन गरिसकेको र ट्र्याक खोल्ने काम ५० प्रतिशत पूरा भइसकेको बताए । हाकुका बासिन्दा बिरामी पर्दा अहिलेसम्म डोकोमा बोकेर धुन्चे जिल्ला अस्पताल पु¥याउने गरिँदै आएको छ ।