काठमाडौं,(नेस) । अल्फा बिटाले भोलि अष्ट्रेलिया एजुकेसन फेयर आयोजना गर्ने भएको छ । अष्ट्रेलिया अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभावकलाई सूचना दिने उदेस्यले मेला आयोजना गर्न लागेको हो ।
मेलामा अष्ट्रेलियाका २५ वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहने भएको छ । मेलामा अष्ट्रेलियाका सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी, मेलवर्न युनिभर्सिटी, युनिभर्सिटी अफ ओलोङगोङलगायतका शैक्षिक संस्थाका आधिकारिक प्रतिनिधि सहभागि भएर परामर्श दिन पाउने व्यवस्था गरिएको अल्फाविटाका प्रबन्ध निर्देशक द्धिराज शर्माले जानकारी दिनुभयो । मेलामा सहभागिहरुले अष्ट्रेलियाको शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्षलगाएतका विषयमा सहि सुचना पाउँने उहाको भनाई छ ।
आगामी बुधवार अल्फा बिटा कम्प्लेक्समा हुने सो मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदुत पेटर बडबाट हुने कार्यक्रम तय भएको छ । मेला राजदुतले उद्घाटन गर्नुले कार्यक्रमलाई निकै महत्व दिएको प्रस्ट हुन्छ ।
मेलामा सहभागि विद्यार्थीहरुले सो दिन अल्फा बिटाले उपलब्ध गराउने सेवाहरु आइइएलटिएस, पिटिइ, टोफललगाएतका तयारी कक्षामा ५० प्रतिशत छुट पाउने ब्यवस्था गरेको छ ।
मेलामा सहभागिलाई प्रत्येक घण्टा लक्की विनर घोषणा गरिने छ । मेलामा एक हजार पाँच सय देखि दुइ हजार सहभागि हुने अपेक्षा गरिएको छ । मेलाले विद्यार्थीको उज्वल भविस्यको ढोका खोल्ने समेत अपेक्षा छ ।
अल्फा बिटाले २ सय ७० भन्दा बढी विश्वका उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श उपलब्ध गराउँदै आएको छ । अष्ट्रेलिया, यूएस, जापान, भारतलगायतका १४ देशका लागि अल्फा बिटाले परामर्श सेवा दिदै आएको छ ।
अल्फा बिटाले निरन्तररुपमा धेरै विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि योगदान गरेबापत बिभिन्न पुरस्कार समेत प्राप्त गर्दै आएको छ ।
सन २०१७ मा आइडिपि नम्बर १ बिजनेस पार्टनर र सन् २०१७ मै नेपाल बिजनेस एक्सेलेन्स, अवार्ड मा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको थियो ।











प्रतिक्रिया