प्रियङ्काले बनाईन घाँटीमा ‘आयङ्का’ ट्याटु

0
Shares

काठमाडाैं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीको इन्गेजमेन्ट लगतै प्रियंकाले आफ्नो नाम परिवर्तन गरेर ‘आयङ्का’ राखेकी छिन् ।

उनले आफ्नो नाम परिवर्तन गरेसंगै आफ्नो घाँटीमा आयङ्का नामको खोपेर ट्याटु बनाएकी छिन् । जुन कुरा अब फेसबुकको स्ट्याटसमा मात्रै सीमित रहेन । प्रियंकाको लागि नयाँ नाम आयङ्का निकै प्यारो भएको छ । सायद यसै कारण हुन सक्छ उनले आफ्नो प्रेमीलाई खुशी पार्दै शुभचिन्तकलाई सरप्राइज दिएकी हुन ।

यो नाम आयुष्मान को आ र प्रियंकाबाट यङ्का लिएर आयाङ्का बनाइएको हो । हाल अमेरिकामा रहेकी उनले सरप्राइज भन्दै इन्स्टाग्राममा एक फोटो सार्वजनिक गरेकी छन् । उक्त फोटोमा प्रियंकाको गर्दनमा आयङ्का लेखिएको ट्याटु देख्न सकिन्छ ।